National life

कामना सेवा र हातेमालो फाइनान्सबीच फाइभ इन वान सेवा सम्झौता

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ मंसिर २०८०, सोमबार
982Shares
कामना सेवा र हातेमालो फाइनान्सबीच फाइभ इन वान सेवा सम्झौता
ncell

काठमाडौं । कामना सेवा विकास बैंकले नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त ब्रोकर कम्पनी हातेमालो फाइनान्स सर्भिस प्रालिसँगको सम्झौता गरी फाइभ इन वान सेवा सार्वजनिक गरेको छ ।

सम्झौतापश्चात बैंकका ग्राहकले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि(आस्वा र मेरो सेयर एकै सेवामार्फत प्राप्त गर्न फाईनान्सले जनाएको छ । ग्राहकले सरल रुपमा सेयर कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले यस्ता सेवा उपलब्ध गराएको सम्झौतामा उल्लेख गरिएको छ ।

काठमाडौं–३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न स्थानमा १३५ शाखा सञ्जाल, २१ शाखारहित बैंकिङ सेवा र ७७ वटा एटीएममार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सि(आस्वालगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
982SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?