काठमाडौं। कामना सेवा विकास बैंकले मिथिला,धनुषा स्थित गौतम होटल बर्दिबास प्रालिसँगसेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ।
यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकले होटलको लजिङ र बिलमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकको ग्राहकले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्ने छन् ।
यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।
हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।































