National life
cg eloctronics

कामना सेवा विकास बैंकको नयाँ सुविधा: भिडियो केवाईसी मार्फत खाता खोल्न सकिने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ फागुन २०८०, आइतबार
643Shares
कामना सेवा विकास बैंकको नयाँ सुविधा: भिडियो केवाईसी मार्फत खाता खोल्न सकिने
muktinatha bikash bank

काठमाडौँ। आफ्ना ग्राहकहरुलाई अनलाईन माध्ययमवाट खाता खोली ग्राहक पहिचान विवरण अध्यावधिक गर्न कामना सेवा विकास बैंकले मोड्युल सार्वजनिक गरेको छ।

उक्त मोड्युल सार्वजनिक भएसंगै कामना सेवा विकास बैंकमा खाता खोल्नका लागि ग्राहक स्वयं उपस्थित हुनु पर्ने छैन । अनलाईन माध्ययमवाट खाता खोल्न सक्ने व्यवस्था यस अघी नै गरिएको भएतापनी ग्राहकले आफ्नो विवरण अद्यावधिक गर्नको लागि बैंकमा स्वयं उपस्थित नै हुनुपर्ने व्यवस्था कायम थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

उक्त प्रविधिलाई थप परिष्कृत बनाउदै ग्राहकहरुले अनलाईन खाता खोल्ने क्रममा बैंक प्रतिनिधीसँग आफुलाई पायक पर्ने समय तय गरेर वा अनलाईन खाता खोल्ने क्रममा माग गरिएका कागजात तथा अन्य आवश्यक विवरण रेकर्ड गरि आफ्नो ग्राहक पहिचान विवरण अद्यावधिक गर्ने सकिने र्बैंकले जनाएको छ ।

यो सुविधा प्रयोग गर्न बैंकको डिजिटल प्लाटफर्म www.digiaccount.kamanasewabank.com मार्फत् खाता खोल्न र आफ्नो विवरण अद्यावधिक गर्न सकिने छ । बैंकले यो व्यवस्था ल्याएसंगै स्वदेश तथा विदेशमा रहनुभएकाहरुले आफु अनुकुल विभिन्न प्रकारका खाता खोल्न सकिने भएको छ ।

everest bank

बैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुले आफ्नो खाता खोलेर डिम्याट, मेरो शेयर लगायतका सुविधाहरु प्रयोग गर्न सकिने बैंकले जनाएको छ । बैंकले अनलाईन खाता खोल्ने प्रकृयाको विस्तृत विवरण समेत सार्वजनिक गरेको छ । उक्त भिडियो बैंकको वेभसाईट तथा अन्य सामाजिक संजालमा राखिएको बैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
643SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?