National life

कामना सेवा विकास बैंकको नाफामा छलाङ, अधिकांश सूचकमा प्रगति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ माघ २०८१, सोमबार
525Shares
कामना सेवा विकास बैंकको नाफामा छलाङ, अधिकांश सूचकमा प्रगति
ncell

काठमाडौँ। कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरण अनुसार बैंकको नाफा साढे २४ प्रतिशतले वृद्धि भएको छ। गत वर्षको दोस्रो त्रैमासको तुलनामा चालु वर्षको सोही अवधिमा बैंकले २४.५५ प्रतिशतले खुद नाफा वृद्धि गरेको छ ।

Royal Enfield
nic asia capital

गत वर्षको पुस मसान्तसम्म बैंकले २५ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। चालु वर्षको साही अवधिमा भने बैंकको नाफा वृद्धि भएर ३२ करोड २४ लाख रुपैयाँ कायम भएको छ । बैंकले समीक्षा अवधिमा वितरणयोग्य नाफा ३७ करोड ५५ लाख रुपैयाँ कमाएको छ। गत वर्षको वितरणयोग्य नाफाको तुलनामा यो ११५.२० प्रतिशत बढी हो। साथै, गत वर्षको सोही अवधिमा बैंकले १७ करोड ४५ लाख रुपैयाँ आर्जन गरेको थियो।

समीक्षा अवधिमा बैंकले ६१ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४८ करोड ७८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। जसबाट बैंकले १ अर्ब ८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। साथै, बैंकले चालु वर्षको दोस्रो त्रैमासमा १ अर्ब ९ करोड खुद सञ्चालन मुनाफा गरेको छ। यसैगरी, चालु वर्षको पुस मसान्तसम्म बैंकको निष्क्रिय कर्जा अनुपात (एनपिएल) ४.३५ प्रतिशत, क्यापिटल फण्ड १२.५९ प्रतिशत, कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ५.९९ प्रतिशत, प्रतिशत रहेको छ।

यस अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ३७ पैसा, प्रतिसेयर नेटवर्थ १ सय ५७ रुपैयाँ ४६ पैसा र तरलता अनुपात २२.९३ प्रतिशत रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
525SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?