National life

कामना सेवा विकास बैंकको विविध कार्यक्रम सहित १८ औँ वार्षिकोत्सव सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ कात्तिक २०८१, मङ्गलबार
430Shares
कामना सेवा विकास बैंकको विविध कार्यक्रम सहित १८ औँ वार्षिकोत्सव सम्पन्न
ncell

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १८औँ वार्षिकोत्सव  सम्पन्न गरेको छ । बैंकले आफ्नो १८ औँ वार्षिकोत्सवको अवसरमा देशभर सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रमहरू आयोजना गरी आफ्नो वार्षिकोत्सव सम्पन्न गरेको हो ।

कार्तिक २७ गते मंगलवार देशव्यापी रूपमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो केन्द्रीय कार्यालय सहित सम्पुर्ण क्षेत्रीय कार्यालयहरूमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न स्थानहरूमा सम्पन्न भएको रक्तदान कार्यक्रमबाट कुल ३९३ पिन्ट रगत संकलन भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकका सञ्चालक भीम प्रसाद तुलाचनवाट बैंकको बुटवल क्षेत्रमा भएको रक्तदान कार्यक्रमको समुद्घाटन भएको थियो भने केन्द्रीय कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहालले हिमाल हस्पिटल, रक्तसञ्चार केन्द्रकी निशा भण्डारीलाई ब्लड ब्याग हस्तान्तरण गरी समुद्घाटन गरेका थिए ।

बैंकले सर्वाधिक रक्तदान गर्ने कर्मचारीहरूमा प्रमुख व्यवसाय अधिकृत दीपेन्द्र सुवेदी, कानुन विभाग प्रमुख डण्डपानी भट्राई, जोखिम सम्पत्ति विभाग प्रमुख नितेश अर्याल, शाखा प्रमुखहरू राजेश कुइँकेल र यज्ञमुर्ति लुइँटेल, सवारी चालक याम बहादुर श्रेष्ठलाई केएसविविएल आइकनको रूपमा समेत सम्मान गरेको छ ।

रक्तदान कार्यक्रम कोशी प्रदेशको इटहरी शाखा, मधेस प्रदेशको बर्दिबास शाखा, नारायणगढ क्षेत्रको खुरखुरे शाखा, पोखरा क्षेत्रको न्युरोड पोखरा शाखा, बुटवल क्षेत्रको बुटवल शाखा र पश्चिम क्षेत्रको नेपालगन्ज शाखामा भएको रक्तदान कार्यक्रममा क्षेत्रीय प्रमुख, स्थानीय समाजसेवी, रक्तदाता तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी रूपमा देशभरका विभिन्न मठमन्दिरहरुको सरसफाई, डस्टविन हस्तान्तरण कार्यक्रम, अन्तर बैंक तथा वित्तीय संस्था स्तरीय फुटसल कप, वित्तीय साक्षरता मूलक पदयात्रा कार्यक्रमहरू आयोजना गरेको थियो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
430SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?