National life
cg eloctronics

नेशनल लाइफको गण्डकी प्रदेशस्तरीय CEO Club सम्मान कार्यक्रम सम्पन्न

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|१३ मंसिर २०८३, आइतबार
341Shares
नेशनल लाइफको गण्डकी प्रदेशस्तरीय CEO Club सम्मान कार्यक्रम सम्पन्न
muktinatha bikash bank

पोखरा । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गण्डकी प्रदेशका CEO Club मा छनोट हुन सफल अभिकर्ताहरूको सम्मानमा आयोजना गरेको प्रदेशस्तरीय CEO Club सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। २०८३ मंसिर १२ गते पोखरास्थित होटल पोखरा ग्राण्डमा आयोजित उक्त कार्यक्रममा गण्डकी प्रदेशका करिब १५० जना अभिकर्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कम्पनीका उपकार्यकारी प्रमुख स्मृतीराज कँडेल, प्रमुख प्रबन्धक सुस्मिता राणा, गण्डकी प्रदेश प्रमुख, प्रदेश अन्तर्गतका विभिन्न शाखा कार्यालयका शाखा प्रमुखहरू तथा उत्कृष्ट अभिकर्ताहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन सुशील प्रताप राणाले गर्नुभएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3

कार्यक्रमको औपचारिक उद्घाटन प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो। कार्यक्रममा स्वागत मन्तव्य राख्दै कम्पनीका उपकार्यकारी प्रमुख स्मृतीराज कँडेलले अभिकर्ताहरूको मेहनत, लगनशीलता र निरन्तर योगदानको प्रशंसा गर्दै CEO Club मा छनोट हुनु उनीहरूको व्यावसायिक उत्कृष्टता र समर्पणको महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो।

कार्यक्रममा CEO Club मा छनोट हुन सफल सम्पूर्ण अभिकर्ताहरूलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतले CEO Club सदस्यता वितरण तथा सम्मान गर्नु भएको थियो। त्यसैगरी, नेशनल रत्न तथा नेशनल स्टार विधामा छनोट हुन सफल अभिकर्ताहरूलाई सम्मानपत्र र चाँदीको मेडल प्रदान गरी विशेष सम्मान गरिएको थियो।

everest bank

यसै अवसरमा आफ्नो व्यक्तिगत कोड तथा अभिकर्ता सञ्जाल मार्फत गण्डकी प्रदेशबाट उत्कृष्ट तीन स्थान हासिल गर्न सफल अभिकर्ताहरूलाई समेत विशेष सम्मान प्रदान गरिएको थियो।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले जीवन बीमा अभिकर्ताको भूमिका केवल बीमा पोलिसी बिक्रीमा मात्र सीमित नरहेको स्पष्ट पार्नुभयो। उहाँले आम नागरिक तथा परिवारको आर्थिक भविष्य सुरक्षित गर्ने, बीमाप्रति जनचेतना अभिवृद्धि गर्ने र आर्थिक सुरक्षाको बलियो आधार निर्माण गर्ने महत्वपूर्ण जिम्मेवारी अभिकर्ताहरूको काँधमा रहेको बताउनुभयो।

CEO Club मा स्थान बनाउन सफल अभिकर्ताहरूले आगामी दिनमा अझ उच्च व्यावसायिक लक्ष्य निर्धारण गर्दै Chairperson Club तथा अन्तर्राष्ट्रियस्तरको प्रतिष्ठित अभिकर्ता उपलब्धि MDRT (Million Dollar Round Table) हासिल गर्ने दिशामा अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो।

सम्मान समारोहसँगै अभिकर्ताहरूको व्यावसायिक दक्षता, क्षमता तथा कार्यसम्पादन अभिवृद्धि गर्ने उद्देश्यले विशेष उत्प्रेरणात्मक तथा व्यावसायिक तालिमसमेत सञ्चालन गरिएको थियो। अभिकर्ताहरूलाई आगामी दिनमा अझ उच्च लक्ष्य हासिल गर्न प्रेरित गर्ने उद्देश्यले आयोजित उक्त तालिममा प्रशिक्षक डा. रविन कटुवालले प्रशिक्षण प्रदान गर्नुभएको थियो।

कार्यक्रमको समापनमा धन्यवाद ज्ञापन गर्दै कम्पनीकी प्रमुख प्रबन्धक सुस्मिता राणाले कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण अतिथि, अभिकर्ता, कर्मचारी तथा प्रशिक्षकप्रति आभार व्यक्त गर्नुभयो।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ताहरूको मेहनत र उपलब्धिको सम्मान गर्दै उनीहरूको क्षमता विकास, व्यावसायिक उन्नति तथा संस्थागत लक्ष्य प्राप्तिमा निरन्तर जोड दिँदै आएको छ। गण्डकी प्रदेशमा आयोजित यस CEO Club सम्मान कार्यक्रमले अभिकर्ताहरूमा नयाँ ऊर्जा, आत्मविश्वास र उच्च लक्ष्य प्राप्तिको संकल्प अभिवृद्धि गर्नुका साथै जीवन बीमाको पहुँच विस्तार र आम नागरिकको आर्थिक सुरक्षामा थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
341SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?