काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिमा विनय रमण पौडेल र सरस्वति अधिकारी नियुक्त भएका छन्।
कम्पनीका अनुसार राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय रमण पौडेल बैंकको प्रतिनिधित्व गर्दै नेशनल लाइफको सञ्चालकमा नियुक्त भएका हुन्। राष्ट्रिय वाणिज्य बैंकले २०८३ भदौ २९ गते पठाएको पत्रका आधारमा पौडेललाई सञ्चालकमा नियुक्त गरिएको कम्पनीले जनाएको छ।
त्यसैगरी, कम्पनीको सञ्चालक समितिमा रिक्त रहेको एक पदमा सरस्वति अधिकारी नियुक्त भएकी छन्। उनको नियुक्ति आगामी वार्षिक साधारणसभाबाट अनुमोदन हुने गरी गरिएको कम्पनीले जानकारी दिएको छ।
पौडेल र अधिकारीको नियुक्तिसँगै नेशनल लाइफ इन्स्योरेन्सको सञ्चालक समितिमा नयाँ प्रतिनिधित्व थपिएको छ।





































