काठमाडौं। हिमालयन बैंक को सञ्चालक समितिमा नयाँ सदस्य नियुक्त भएका छन्। सञ्चयकोषको तर्फबाट विरेन्द्र पौडेललाई बैंकको सञ्चालक समितिसदस्यमा मनोनयन गरिएको हो।
बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले असार २३ गतेदेखि लागू हुनेगरी पौडेललाई उक्त जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको जनाएको छ।
पौडेल हाल सञ्चयकोषमा मूख्य प्रबन्धकको रूपमा कार्यरत रहेका छन्।


































