National life

चीन भ्रमण सहज बनाउन नेपालमै पहिलो RMB कार्ड सुरु

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१५ जेठ २०८३, शुक्रबार
1.9kShares
चीन भ्रमण सहज बनाउन नेपालमै पहिलो RMB कार्ड सुरु
ncell

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले नेपालमै पहिलो पटक UnionPay RMB कार्ड सेवा सञ्चालनमा ल्याएको छ। चीन भ्रमणलाई सहज र सरल बनाउने उद्देश्यले बैंकले चीनको प्रमुख कार्ड सेवा प्रदायक UnionPay सँगको सहकार्यमा यो सेवा सुरु गरेको हो।

नयाँ कार्डमार्फत ग्राहकले चीनमा रहेका ATM, POS, QR कोड तथा ई–कमर्स प्लेटफर्ममा चिनियाँ मुद्रा (CNY) मा नै भुक्तानी गर्न सक्नेछन्। बैंकका अनुसार यसले विदेशी मुद्रा विनिमयको झन्झट कम गर्दै थप सहज र सुलभ कारोबारको सुविधा दिनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

व्यक्तिगत तथा व्यावसायिक भ्रमणमा जाने विद्यार्थी, व्यवसायी र पर्यटकले नेपाल राष्ट्र बैंकको स्वीकृत सीमा अनुसार रकम लोड गरी Alipay+, WeChat Pay, Nihao China लगायतका नेटवर्कमार्फत समेत भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ।

नक्सालस्थित मेरियट होटलमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणा र UnionPay International का उपाध्यक्ष ज्वाङ बेइले संयुक्त रूपमा सेवाको शुभारम्भ गरे।

यो समाचार शेयर गर्नुहोस्
1.9kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?