National life

‘किड्डी फेस अफ द इयर इन्टरनेशनल २०२३’ सम्पन्न, काे काे बने बिजेता ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१५ असोज २०८०, सोमबार
543Shares
‘किड्डी फेस अफ द इयर इन्टरनेशनल २०२३’ सम्पन्न, काे काे बने बिजेता ?
ncell

काठमाडौं । ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल’को सातौँ संस्करण गत शनिबार सम्पन्न भएको छ । जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको उक्त प्रतियोगीतामा सिनियर र जुनियर केटा र केटी गरेर यी ४ विजेता चुनिएका छन् ।

‘किड्डी फेस अफ द इयर इन्टर नेशनल २०२३’ का रुपमा ब्रबिम बराल, आरुष भट्टराई, सायुरी कंडेल र अक्क्षयनी दाहाल बिजेता घोषित भएका हुन् ।

Royal Enfield
nic asia capital

प्रतियोगीतामा जुनियर केटा तर्फ ब्रबिम बराल र सिनियर केटा तर्फ आरुष भट्टराई विजेता बन्दा जुनियर केटी तर्फ सायुरी कंडेल र सिनियर केटी तर्फ अक्क्षयनी दाहालले उपाधि चुमे । त्यस्तै, प्रतियोगीतामा जुनियर केटा तर्फ सम्भव जैन फष्ट रनअप, आर्देन सुवेदी सेकन्ड रनरअप चुँनिदा सिनियर केटा तर्फ भियोम गोयल फष्ट रनरअप र आरजय कोइराला सेकेन्ड रनरअप हुन सफल भए । त्यस्तै, जुनियर केटी तर्फ सदिक्षा जिसी फष्ट रनरअप र राधिका गोयल सेकेन्ड रनरअप बन्दा सिनियर केटी तर्फ सावलिन महर्जन फष्ट रनरअप र दृष्टि शाह सेकेन्ड रनरअप बने ।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजना र दावा टेक्नोलोजी एचएमसी नेपाल प्रालिको मुख्य प्रायोजन रहेको प्रतियोगिताको फाइनल स्पर्धामा सम्पुर्ण देवापाटे (प्रिन्सिपल माछापुच्छ्रे स्कुलतथा एकाडेमिक निर्देशक), लव कार्की (संचारकर्मी), पुनम भट्ट (अफिसर अर्थमन्त्रालय), मुकुन भुषाल (अभिनेता), जयराम अधिकारी (मातृभुमि स्कुलका कोर्अडिनेटर), प्रदीप बज्राचार्य (अध्यक्ष टिम नेपाल) लगायत निर्णायक रहेका थिए । हेयर एण्ड मेकअप पार्टनरको रुपमा मन्जुमेकअप स्टुडियोले साथ दिएको थियो ।

बालबालिकाको प्रतिभा निखार्दै उनीहरुलाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले प्रतियोगीता नियमित आयोजना हुँदै आएको रेडियन्ट इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक, अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले बताए । प्रतियोगीताको डान्स कोरियोग्राफर संयुक्त स्थापित रहेका थिए ।

७ वर्षदेखि १३ वर्षसम्मका विद्यालय अध्ययनरत बालबालिकाको सहभागिता रहेको प्रतियोगीको कोरियोग्राफी अन्तर्राष्ट्रिय फेसन कोच राज फैजुले गरेका थिए, भने ड्रेस डिजाइन श्रीषा बैदारले गरेकी थिइन् । विजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी अवसरको अलवादावाएचएमसी नेपाल प्रालीको तर्फबाट गिफ्ट ह्याम्पर समेत प्राप्त गरेको छन् ।

कार्यक्रममा चलचित्र कलाकार संघका निबर्तमान अध्यक्ष रबिन्द्र खड्का, चलचित्र सेन्सर बोर्डका पूर्व सदस्य राजेश महर्जन लगायत चलचित्रकर्मीको उपस्थिति थियो ।

यो समाचार शेयर गर्नुहोस्
543SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?