National life

गैरआवासीय नेपालीसँग सहकार्य गर्न निजी क्षेत्र तयार छ : अध्यक्ष ढकाल

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|३० असोज २०८०, मङ्गलबार
376Shares
गैरआवासीय नेपालीसँग सहकार्य गर्न निजी क्षेत्र तयार छ : अध्यक्ष ढकाल
ncell

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र गैरआवासीय नेपालीसँग सहकार्य गरेर काम गर्न तयार रहेको बताएका छन्।

अन्तर्राष्ट्रिय बागलुङ समाजले सोमबार राजधानीमा आयोजना गरेको बागलुङको विकास र समृद्धिमा विदेशमा रहेका बागलुङेको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ढकालले यस्तो धारणा राखेका हुन्। उनले गैरआवासीय नेपालीले विदेशमा सिकेको सीप र पुँजीलाई स्वदेशमा परिचालन गर्नुपर्ने बताए। ‘उद्यमशीलता विकास गर्नका लागि लगानी आवश्यक छ’, ढकालले भने, ‘विदेशमा रहेका नेपालीसँग सहकार्य गरेर काम गर्न निजी क्षेत्र तयार छ।’

Royal Enfield
nic asia capital

गैरआवासीय नेपालीले विभिन्न परियोजनामा लगानी गरेको स्मरण गर्दै ढकालले मुलुकका लागि थप लगानी आवश्यक भएकाले लगानी भित्र्याउन आग्रह गरे।

नेपालको निजी क्षेत्रको नेतृत्वमा रहेका ढकालले आफ्नो गृह जिल्ला बागलुङको विकासमा आफू पनि सहकार्य गर्न तयार रहेको पनि बताए। आफू बागलुङ जिल्लाको विकट गाउँमा जन्मिएर अहिलेको अवस्थासम्म आएको उल्लेख गर्दै उनले बागलुङेहरु विदेशमा गएर सफलता प्राप्त गरेको बताए। ‘विश्वका विभिन्न मुलुकमा गएर बागलुङेहरु स्थापित भएका छन्’, ढकालले भने, ‘अब गृह जिल्लामा पनि लगानी गर्नु आवश्यक छ ।’

यो समाचार शेयर गर्नुहोस्
376SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?