काठमाडौँ । २०७६ माघ २४ गते ग्लोबल आइएमई बैंकका स्वतन्त्र सञ्चालकका रूपमा चयन भएका देवेन्द्र प्रताप शाहको कार्यकाल समाप्त भएको छ ।
शाहले आफ्नो ४ वर्षे कार्यकाल प्रचलित कानूत तथा बैंकको नियमावली बमोजिम समाप्त भएको बैंकले जानकारी गराएको छ । तत्कालीन बीमा समितिको कार्यकारी अध्यक्ष समेत रहेका शाहले ३६ वर्ष भन्दा धेरै समय वित्त क्षेत्रमा व्यतीत गरेका छन् ।
उनी नेपाली बैंकिङ क्षेत्रका एक अग्रणी व्यक्ति हुन् ।
चाटर्ड अकाउन्टेन्ट शाहले कृषि विकास बैंक र नेपाल बैंक लिमिटेडको सीईओको रूपमा काम गरेका थिए ।






























