National life

ग्लोबल आइएमई बैंकको ११ शाखा कार्यालयको स्थिर सम्पत्ति बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ पुस २०८०, आइतबार
481Shares
ग्लोबल आइएमई बैंकको ११ शाखा कार्यालयको स्थिर सम्पत्ति बिक्रीमा
ncell

काठमाडौं । ग्लोबल आइएमई बैंकले ११ वटा शाखा कार्यालयको स्थिर सम्पत्ति बिक्रीमा राखेको छ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्जरपश्चात् कायम नरहेका शाखा कार्यालयहरुको स्थिर सम्पत्ति बिक्री गर्न लागिएको बैंकको जानकारी छ।

विभिन्न स्थानहरुमा दोहोरिएका शाखा कार्यालयहरूमध्ये एक शाखा कार्यालयलाई निरन्तरता दिइदा नदोहोरिएका ११ वटा शाखा कार्यालयहरूको सम्पत्ति बिक्रीमा राखिएको हो । साथै बैंकले उक्त शाखा कार्यालयहरुको आन्तरिक सजावट सामान तथा स्थिर सम्पत्तिहरू यथास्थितिमा बिक्री गर्ने जनाएको छ ।

Royal Enfield
nic asia capital

बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सहकारी संस्था तथा अन्य कार्यालय प्रयोजनको लागि समेत उपयुक्त तथा तयारी अवस्थामा रहेको कार्यालय खरिद गर्न इच्छुक संघ संस्थाले ७ दिन (पुस १७ गते) भित्र खरिद गर्न चाहेको मूल्य सहितको प्रस्ताव पेश गर्न बैंकले आग्रह गरेको छ ।

साबिक बैंक अफ काठमाण्डूका सुर्खेत, बागलुङ्ग आवा रोड, पोखरा, हेटौंडा मेनरोड, वीरगन्ज र सामाखुसी शाखा कार्यालयमा रहेका स्थिर सम्पत्ति बिक्रीमा राखिएको हो । त्यस्तै, ग्लोबल आइएमई बैंकका साबिक शाखा कार्यालय रामपुर, ताप्लेजुङ्ग, इटहरी, दोगडाकेदार बिजुवारका शाखा कार्यालयको स्थिर सम्पत्ति बिक्रीमा राखिएको बैंकले जनाएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
481SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?