काठमाडौं । धमाधम बैंकहरुले आफ्नो व्याजदर घटाउदै व्याजदर सार्वजनिक गरिरहेको अवस्थामा सानिमा बैंक लिमिटेडले पनि पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
सानिमा बैंकले मंसिर महिनाकै मुद्दति निक्षेपको ब्याजदरलाई नै कायम राख्दै ब्याजदर सार्वजनिक गरेको होे । सानिमा बैंकले पुस महिनाका लागि मुद्दति निक्षेपमा संस्थागततर्फ ७ प्रतिशत र व्यक्तिगततर्फ ९ प्रतिशत ब्याजदर कायम गरेको छ।
यस बैंकले मंसिर महिनामा पनि मुद्दति निक्षेपमा सोही व्याजदर निर्धारण गरेको थियो । पुरा विवरण हेर्नुहोस्



































