काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १२ जीवन बिमा कम्पनीहरूले १ अर्ब ८२ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा २२.३६ प्रतिशतले धेरै हो । गत वर्ष कम्पनीहरूले १ अर्ब ४९ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।
त्यसैगरी, ३ महिनामा कम्पनीहरूको बिमा शुल्क संकलन ३७ अर्ब ५० करोड ५२ लाख पुगेको छ। यो गत वर्षको भन्दा ८.७६ प्रतिशतले बढी हो। यस अवधिसम्म जीवन बिमा कम्पनीहरूको चुक्ता पुँजी ५९ अर्ब ७२ करोड ३२ लाख रहेको छ। रिटेन्ड अर्निङमा १२ अर्ब ८३ करोड देखिएको छ। जीवन बिमा कोषको आकार ६ खर्ब ३८ अर्ब ८ करोड रुपैयाँ भन्दा धेरैको छ ।
१२ जीवन बिमा कम्पनीहरूमध्ये नेपाल लाइफ इन्सुरेन्स कम्पनीको चुक्ता पुँजी सबैभन्दा धेरै ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ रहेको छ । दोस्रोमा, हिमालयन लाइफको ८ अर्ब २ करोड, नेसनल लाइफको ५ अर्ब २१ करोड २१ लाख रुपैयाँ बराबरको पुँजी देखिएको छ । १२ कम्पनीहरूको कुल पुँजी ५९ अर्ब ७२ करोड ३२ लाख रुपैयाँ रहेको छ ।
उक्त अवधिमा सबैभन्दा धेरै रिटेन्ड अर्निङ लाइफ इन्सुरेन्स कर्पोरेसन (नेपाल) को देखिएको छ। यसको रिटेन्ड अर्निङमा २ अर्ब ७७ करोड रुपैयाँ छ। आइएमई लाइफको १ अर्ब २३ करोड रुपैयाँ रहेको छ। जम्मा ७ वटा कम्पनीको सेयर प्रिमियममा रकम देखिएको छ।

प्रति शेयर आम्दानी
चालु आर्थिक वर्षको पहिलो त्रैमासको अवधिमा अधिकांश कम्पनीको प्रति शेयर आम्दानीमा वृद्धि भएको छ । जस अनुसार रिलायबल नेपाल लाइफ इन्सोरेन्सको सबैभन्दा बढी प्रति शेयर आम्दानी रहेको छ । कम्पनी प्रति शेयर आम्दानी १७.१९ रुपैयाँ कायम भएको छ । कम्पनीको प्रति शेयर आम्दानी अघिल्लो वर्षको सोही अवधिमा ११.९४ रुपैयाँ रहेको थियो ।
त्यस्तै दोस्रोमा सन नेपाल लाइफ इन्सोरेन्स रहेको छ। यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १६.७८ रुपैयाँ कायम छ । गत वर्षको सोही अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २०.६७ रुपैयाँ रहेको थियो । त्यस्तै यस अवधिमा एसिशयन लाइफ इन्सोरेन्सको प्रतिशेयर आम्दानी १५.६४ रुपैयाँ रहेको छ । भने गत वर्षको सोही अवधिमा ११.०१ कायम थियो ।






































