National life

ठमेलका चोकमा ८० वटा सिसी क्यामरा जडान एक सय १२ पुर्‍याउने तयारी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२१ मंसिर २०८०, बिहिबार
566Shares
ठमेलका चोकमा ८० वटा सिसी क्यामरा जडान एक सय १२ पुर्‍याउने तयारी
ncell

काठमाडौँ । राजधानीको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा परिचित ठमेलका चोकमा सि सी क्यामरा जडान सुरु गरिएको छ।

ठमेल पर्यटन विकास परिषद्को पहल तथा काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको सहयोगमा ठमेलका प्रत्येक चोकमा सिसी क्यामरा जडान गरिएको छ ।

ठमेल क्षेत्रको शान्ति सुरक्षा बलियो बनाउँदै उक्त क्षेत्रलाई सफा, सुन्दर, सुरक्षित र व्यवस्थित बनाउनका लागि सिसी क्यामरा जडान सुरु गरिएको परिषद्को भनाई छ ।

ठमेलभित्रको लैनचौर मार्ग, क्षेत्र पाटी मार्ग, नर्सिङ चोक मार्ग, भगवती बहाल मार्ग, चाक्सी बारी मार्ग, सातघुम्ती मार्ग, जेपी लाइन मार्ग र पर्यटन मार्गभित्र ८० सिसी क्यामरा जडान गरिएको।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
“चार ठुला क्यामरासहित एक सय १२ सिसी क्यामरा जडान गर्ने गरी काम भइरहेको छ, हाल ८० क्यामरा जडान गर्ने कार्य सम्पन्न भएको छ”, अध्यक्ष शर्माले भने ।

ठमेल क्षेत्रभित्र सिसी क्यामरा जडान गर्न यसअघि काठमाडौँ महानगर प्रहरी, काठमाडौँ उपत्यका प्रहरी कार्यालय र ठमेल पर्यटन विकास परिषद्का प्रतिनिधिले ठमेल क्षेत्रभित्र आवश्यक पर्ने सिसी क्यामराको अध्ययन गरेको थियो ।

ठमेल क्षेत्रमा हुने आपराधिक क्रियाकलापलाई नियन्त्रणका लागि सि सी क्यामराले सहयोग पुग्ने परिषद्को भनाई छ। विसं २०४७ मा ठमेल क्षेत्रको विकासका लागि स्थापना भएको परिषद्मा ठमेलभित्रका दुई हजारभन्दा बढी घरधनी तथा व्यवसायी आबद्ध छन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
566SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?