काठमाडौँ। हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको कामु सिईओमा अञ्जु श्रेष्ठ नियुक्त भएकी छन् । निर्जीवन बीमा क्षेत्रमा योगदान पुर्याउदै आएकी श्रेष्ठ हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीमा लामो समयदेखि काम गरेको अनुभव छ ।
सञ्चालक समितिको निर्णय अनुसार अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले सिईओ विजय बहादुर शाहलाई बर्खास्त गरेपछि हाल डेपुटी सिईओ पदमा कार्यरत अञ्जु श्रेष्ठलाई कामु सिईओको जिम्मेवारी तोकिएको छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैठकले भोलि असार १३ गतेदेखि लागू हुने गरी डेपुटी सिईओ अञ्जु श्रेष्ठलाई कामु सिईओको जिम्मेवारी तोकेको हो ।




































