National life
cg eloctronics

निर्यातको ५ गुणा बढी तरकारी आयात: गोलभेँडा देखि आलुसम्म भारतकै भर

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|११ मंसिर २०८०, सोमबार
1.6kShares
निर्यातको ५ गुणा बढी तरकारी आयात: गोलभेँडा देखि आलुसम्म भारतकै भर
muktinatha bikash bank

काठमाडौं । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको तीन महिनामा निर्यातका तुलनामा ५ गुणा भन्दा धेरै ताजा तरकारी भारतबाट आयात भएको छ।

प्लान्ट क्वारेनटिन कार्यालय काँकडभिट्टाको प्रथम त्रैमासिक अभिलेखअनुसार आर्थिक वर्ष २०८०-८१ को साउन, भदौ र असोजमा भारतबाट ४७ करोड ९७ लाख ६० हजार मूल्य बराबरको २३ हजार नौ सय ८८ मेट्रिक टन ताजा तरकारी आयात भएको छ ।

सोही अवधिमा नेपालबाट ९ करोड ६५ लाख ७२ हजार आठ सय मूल्य बराबरको ६ हजार ३० मेट्रिक टन तरकारी भारत निर्यात भएको कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरले बताए। पूर्वी नाकाबाट हुने ताजा तरकारीको व्यापारमा चालु आवको तीन महिनामै ३८ करोड ३१ लाख ८७ हजार दुई सय बराबरको व्यापार घाटा भएको छ ।नेपालबाट निर्यात हुने ताजा तरकारीमा बन्दा कोभी, मुला र गोलभेँडा छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यीमध्ये सबैभन्दा बढी नौ करोड ५४ लाख ७२ हजार मूल्य बराबरको पाँच हजार नौ सय ६७ मेट्रिक टन बन्दा कोभी भारततर्फ निर्यात भएको ठाकुरले जानकारी दिए । यसै गरी तरकारीमा गोलभेँडा पाँच लाख १२ हजार मूल्य बराबरको २६ मेट्रिक टन र पाँच लाख ८९ हजार मूल्य बराबरको ३७ मेट्रिक टन मुला भारततर्फ निर्यात भएको छ । धनकुटा र इलाममा उत्पादित बन्दा कोभी, मुला र गोलभेँडा भारत निर्यात हुने गरेको छ ।

everest bank

१९ करोड बढीको गोलभेँडा आयात चालु आवको प्रथम त्रैमासिक अवधिमा भारतबाट गोलभेँडा मात्रै १९ करोड ३७ लाख ४० हजार मूल्य बराबरको नौ हजार ६ सय ८७ मेट्रिक टन आयात भएको छ । सोही अवधिमा भारतबाट दुई करोड सात लाख ८० हजार मूल्य बराबरको एक हजार ३९ मेट्रिक टन हरियो खुर्सानी र तीन करोड ७१ लाख ८० हजार मूल्य बराबरको एक हजार आठ सय ५९ मेट्रिक टन गाजर निर्यात भएको छ ।

तरकारीमध्ये मुला र बन्दाकोभीचाँही भारतबाट आयात भएको छैन । धनकुटा, इलाम, झापा, मोरङ, सुनसरीलगायतका कोशी प्रदेशका जिल्लामा बन्दा कोभीको ठुलो मात्रामा उत्पादन हुँदै आएको छ ।कोदो र आलुमा पनि भारतकै भर नेपालका मधेसदेखि हिमाली भेगसम्म उत्पादनको प्रचुर सम्भावना भएको कोदो र आलुमा समेत भारतकै भर पर्नुपर्ने अवस्था छ ।

प्लान्ट क्वारेनटिन कार्यालय काँकडभिट्टाका अनुसार चालु आवको प्रथम त्रैमासिक अवधिमा २३ करोड ६१ लाख ६० हजार मूल्य बराबरको चार हजार नौ सय २० मेट्रिक टन कोदो भारतबाट आयात भएको छ । सोही अवधिमा भारतबाटै ९९ करोड ८९ लाख चार हजार मूल्य बराबरको ४१ हजार ६ सय २१ मेट्रिक टन आलु आयात भएको कार्यालयले जनाएको छ ।

ती महिनामा एक अर्ब ८६ करोड ६५ लाख ६३ हजार मूल्य बराबरको ३६ हजार सात सय ३० मेट्रिक टन फलफूल भारतबाट आयात भएको छ ।यसै गरी उक्त अवधिमा दुई करोड ५९ लाख ९२ हजार मूल्य बराबरको तीन सय ६१ मेट्रिक टन चना, नौ करोड २२ लाख चार हजार मूल्य बराबरको एक हजार ३६ मेट्रिक टन मुसुरो दाल, १२ करोड ८६ लाख मूल्य बराबरको एक हजार दुई सय ८६ मेट्रिक टन लसुन र ९८ लाख ५६ हजार मूल्य बराबरको ६ सय १६ मेट्रिक टन उखु भारतबाट आयात भएको छ ।

पूर्वी नाका काँकडभिट्टाबाट चालु आवको तीन महिनामा खाद्यान्न, ताजा तरकारी, दलहन, तेलहन, फलफूल, बोटबिरुवा, प्रशोधित सामग्री, काठका सामान, मसाला बाली र बीउ बिजन गरेर कुल पाँच अर्ब १० करोड ६० लाख ३१ हजार मूल्य बराबरको आयात भएको कार्यालयका सूचना अधिकारी ठाकुरले बताए ।सोही अवधिमा तरकारी, जडीबुटी, प्लाइउडका सामान, अम्रिसोलगायतका कुल पाँच अर्ब २७ करोड ३६ लाख २९ हजार मूल्य बराबरको नेपाली उत्पादन भारत, बङ्गलादेशलगायतका मुलुकमा निर्यात भएको उनले जानकारी दिए । रासस

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?