काठमाडौँ । डेटाहब प्रालिले नेपालमा पहिलो पटक अब्जेक्ट स्टोरेज सेवा सञ्चालनमा ल्याएको छ ।
देशभित्र निर्माण भएको पूर्वाधारमा जुनसुकै स्थानबाट सजिलै कनेक्ट गर्न सकिने यस सेवामा विश्व प्रसिद्ध सेक्युरिटी प्रणालीबाट डेटालाई सुरक्षित गरिएको कम्पनीको भनाई छ ।
आ–आफ्नो डेटाको परिमाण तथा आवश्यकता अनुसार थपघट गरी लिन सकिने यो सेवा विदेशी एस थ्री स्तरीय रहेको र अन्य विदेशी सेवाभन्दा सुलभ, सुरक्षित र भरपर्दो हुनुका साथै न्यून मूल्यमा नै प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
स्वदेशमा नै यो सेवा उपलब्ध भएकाले यसबाट विदेशी मुद्रा सञ्चितिका साथ साथै नेपालमा सूचना प्रविधि क्षेत्रमा डेटालाई थप सुरक्षित र विश्वसनीय बनाउन समेत योगदान रहने कम्पनीको भनाई छ ।
नेपालको आफ्नै डेटा सेन्टर तथा क्लाउड सेवा प्रदायक डेटाहबले १४ वर्षदेखि नेपालमा बैंक तथा वित्त, बीमा, स्वास्थ्य, शिक्षा, सहकारी, सूचना प्रविधि लगायत विभिन्न संघ संस्थालाई डेटा सेन्टर तथा क्लाउड सेवा तथा रूपन्देहीको बुटवलबाट डिजास्टर रिकभरी सेवा निरन्तर प्रदान गर्दै आइरहेको बताइएको छ ।



































