काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको मंसिर १८ गते बसेको सञ्चालक समिति बैठकले गत आवका लागि लाभांशको प्रस्ताव गरेको हो ।
बैठकले गत आवको मुनाफाबाट सेयरधनीहरुलाई कुल १०.६५ प्रतिशत लाभांश घोषणा गरेको छ । जस अनुसार कुल लाभांशमा ६.८५ प्रतिशत नगद र ३.८० प्रतिशत बोनस सेयर कायम गरिएको छ ।
बैठकले प्रस्तावित लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने र आगामी ३१ औ साधारण सभाबाट पारित गरी वितरण गर्ने जनाएको छ ।


































