National life

नेपाल एसबिआई बैंक र मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुप बीच सम्झौता

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ मंसिर २०८१, बिहिबार
478Shares
नेपाल एसबिआई बैंक र मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुप बीच सम्झौता
ncell

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुप नेपाल प्रा.लि., फूलबारी, पोखरा बिच नेपाल एसबिआई बैंकका सम्पुर्ण ग्राहकहरुलाई लक्षित गरी मणिपाल टीचिङ हस्पिटल र मणिपाल कलेज अफ मेडिकल साईन्स्मा विभिन्न स्वास्थ्य सेवाहरुमा एमओयु प्रदान गर्ने सम्झौता भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त सम्झौता पत्र नेपाल एसबिआई बैंक लि.का प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कुमार देकोे उपस्थितिमा बैंकका गन्डकी प्रदेश प्रमूख, मिन वहादूर गूरुङ तथा मेडिकल ग्रुपका प्रमूख कार्यकारी अधिकृत, अनिल ओदूभिल बिच सम्पन्न भएको थियो ।

सो कार्यक्रममा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत, राजेश कुमार पंडा, प्रमूख संचालन अधिकृत, विकास आनन्द, प्रमूख व्यवसाय प्रबर्धन अधिकृत, रितेश अर्याल र बैंक तथा मेडिकल ग्रूपका अन्य पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । यस सम्झौताबाट ग्राहकबर्गले बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी हस्पिटलले प्रदान गर्दै आएको विभिन्न स्वास्थ्य सेवाहरुमा १० देखि १०० प्रतिसतसम्मको एमओयु सूविधा उपयोग गर्न सक्ने छन् ।

हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
478SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?