काठमाडौं । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि आवेदन दिएका १९ जनामध्ये सर्ट लिस्टमा ५ जना छनोट भएका छन्।
सर्ट लिस्टमा परेका ५ जनाको अन्तर्वार्ता यही बुधबार हुने भएको छ। अन्तर्वार्ता पुस ४ गते बिहान ८ देखि १० बजेसम्म हुनेछ। सर्ट लिस्टमा अशोक कुमार पौडेल, तिलक राज पाण्डेय, ध्रुवचन्द्र गौतम, लक्ष्मण पौडेल र समता पन्त ९भट्ट० चयन भएका छन्।
गौतम, पौडेल र भट्टको भने बुधबार दिउँसो ४ देखि ७ बजेसम्म हुनेछ। बैंकले असोज २१ गते सीईओका लागि आवेदन माग गरेको छ। नेपाल बैंकको सीईओ बन्न १९ जनाले आवेदन दिएका थिए। आवेदन दिएका १९ जनामध्ये सर्ट लिस्टमा ५ जना छनोट भएका भएका हुन्।
नेपाल बैंकको सीईओको लागि यी हुन आवेदन दिने १९ जना सीइओको लागि बैंकले असोज २१ गते सार्वजनिक सूचना प्रकाशित गरेर सीईओका लागि आवेदन मागेको थियो । जसमा १९ जनाले आवेदन दिएका थिए। सोही १९ जना मध्येमा ५ जना छनोट भएका हुन ।
जसमा अशोक कुमार पौडेल, विभु प्रसाद अर्याल, रामदेव यादव, सुन्दर पन्थी, लक्ष्मण पौडेल, छपिराज पन्त , राजुनाथ खनाल, बिष्णु देव यादव, प्रमोद बाबू तिवारी, रमेश प्रसाद जोशी, शंकर केसि, सुरेन्द्र भुषण श्रेष्ठ, प्रताप सुवेदी, तिलक राज पाण्डेय, दिर्घ बहादुर अर्याल, ध्रुव चन्द्र गौतम, समता पन्त, देवेश प्रसाद लोहनी र कृष्ण प्रसाद आचार्यले आवेदन दिएका थिए।
बैंकको सञ्चालक समितिको बैठकको निर्णयअनुसार उम्मेदवारहरूको शैक्षिक योग्यता, अनुभव, उल्लेखनीय कार्य तथा व्यवसायीक कार्ययोजनाको मूल्याङ्कन गरी वर्णानुक्रमअनुसार उक्त ५ उम्मेदवारहरू सर्ट लिष्टिङ्गमा छनौट भएका हुन्।
सिईओ पदको लागि आवेदकले व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक , अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर गरेको हुनुपर्ने उल्लेख थियो ।



































