National life

नेशनल लाइफको मिट द सिइओ कार्यक्रम सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० मंसिर २०८१, सोमबार
420Shares
नेशनल लाइफको मिट द सिइओ कार्यक्रम सम्पन्न
ncell

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले मासिक योजना अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरूलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतसँग साक्षात्कार सहितको डिनर कार्यक्रम “मिट द सिइओ” सम्पन्न गरेको छ ।

बागतमी प्रदेशबााट योग्य भएका करिब ११० जना अभिकर्ताहरू, विभागीय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरूको सहभागितामा प्रमुख कार्यकारी अधिकृतले लक्ष्य पुरा गर्ने सबै अभिकर्ताहरूलाई मायाको चिनो प्रदान गर्नु भएको थियो साथै स्किमा व्यवस्था भए अनुरुप अर्लि क्वालिफायर विजेता र सर्टिपिकेट अफ एक्सिलेन्स प्राप्त गर्न सफल अभिकर्ताहरूलाई विशेष सम्मान गरिएको थियो ।

प्रमुख कार्यकारी अधिकृतले यस कार्यक्रममा छनौट हुने सम्पूर्ण अभिकर्ताहरूलाई प्रदेश स्तरीय सम्मान गर्ने क्रममा बागमती प्रदेशबाट छनौट हुने अभिकर्ताहरूलाई सम्मान गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

समारोहमा प्रमुख कार्यकारी अधिकृतले समय सान्दर्भिक योजनाहरू प्रस्तुत गर्ने क्रममा मिट द सिइओ स्किम ल्याइएको र नेपालभर बाट ३०० भन्दा बढी अभिकर्ताहरू छनौट भएको मा बागमती प्रदेशबाट मात्रै ११० जना अभकिर्ताहरु छनौट हुन सफल भएकोले यस स्किममा जोडिने सम्पूर्ण अभिकर्ताहरूलाई हार्दिक बधाई ज्ञापन गरेका थिए ।

कार्यक्रममा सहभागि अभिकर्ताहरुले कम्पनीका प्रमुख कार्यकारी अधिकृत समक्ष बीमा व्यवसायमा भोगेका समस्या, गुनासा, कम्पनीले सुधार गर्नुपर्ने पक्षहरुका बारेमा विस्तृत रुपमा जानकारी गराएका थिए । यस योजनाले अभिकर्ता र सिइओ दुवैलाई प्रत्यक्ष रुपमा जोडी अन्र्तक्रिया गर्ने अवसर जुराउँदा अभिकर्ता तथा कम्पनी दुवै पक्षलाई हित हुने भएकोले यस प्रकारको योजना आगामी दिनहरुमा पनि ल्याउनु पर्ने सुझाव दिएका थिए ।

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
420SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?