National life

नेशनल लाइफ ३७औँ वर्षमा प्रवेश, दृष्टि विहीनलाई छडी वितरण देखि रक्तदानसम्म

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० फागुन २०८०, बिहिबार
545Shares
नेशनल लाइफ ३७औँ वर्षमा प्रवेश, दृष्टि विहीनलाई छडी वितरण देखि रक्तदानसम्म
ncell

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज ३६औं वर्ष पुरा गरी ३७औं वर्षमा प्रवेश गरेको छ।

आफ्नो ३७औं वार्षिकोत्सव अवसर पारेर कम्पनीले विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको छ । कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाण्डौंमा विशेष रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । जसमा ५० भन्दा बढी कम्पनीका कर्मचारीहरुकोसहभागिता जनाएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
देशभरमा ५३ वटा बाल र बृद्ध आश्रमहरुमा खाना खुवाउने कार्यक्रम समेत कम्पनीले सम्पन्न गरेको छ ।

त्यस्तैगरी अपाङ्गता संरक्षण नेपालको सहायतामा १२३ जना दृष्टि विहिन व्यक्तिहरुलाई सेतो छडि वितरण गरिएको छ । नेपालको अग्रणी जीवन बीमा कम्पनीको रुपमा स्थापित यो कम्पनीले विगत वर्ष सरह चालु वर्षमा राम्रो

ब्यवसायिक प्रगति गरेको छ ।

संस्थापक समूह र सर्वसाधारण समूहको५५ः४५ कोअनुपात रहेको यस कम्पनीले आर्थिक वर्ष २०७८- ०७९ को मुनाफावाट कम्पनीले शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर तथा ६.५ प्रतिशत नगद लाभांश र बोनस शेयरमा कर प्रयोजनको लागि थप नगद लाभांश पारित गरी साधारण सभा सम्पन्न गरी सकेको अवस्था छ ।

कम्पनीको जीवन बीमा कोषमा रु ७१ अरबको हाराहरीमा रकम जम्मा भएको छ। आर्थिक वर्ष २०७८- ०७९ बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब १ करोड रुपैयाँ रहेको छ। कम्पनीले आफ्ना बीमितहरुलाई उत्कृष्ट बोनस दर प्रदान गर्दै आएको छ । आ.व. २०७८- ०७९ को बीमाङ्कीय मूल्याङ्कन पश्चात बीमितलाई न्यूनतम प्रति हजार ६३ रुपैयाँ देखि अधिकतम् प्रति हजार ८५ रुपैयाँ सम्म प्रदान गरेको छ ।

कम्पनीको शाखा कार्यालय नेपालगंजमा आफ्नो भवन निर्माण भई सम्पन्न हुने अवस्थामा रहेको कम्पनीले जनाएको छ । ११७ शाखा कार्यालय संख्या र ५०० कर्मचारी संख्या रहेको यस कम्पनीमा १ लाख भन्दा बढी अभिकर्ता कार्यरत रहेका छन्।

कम्पनीले स्थापनाकाल देखि २०८० साल पौष मसान्त सम्म कूल बीमाशुल्क आम्दानी रु १०२ अरब ३० करोड आर्जन गरेकोछ भनेकूल ४५ लाख ५६ हजार बीमालेख जारी गरको छ र कूल रु ३७ अरब ४९ करोड बराबर बीमा दावी भुक्तानी गरेको छ।

यस शुभ अवसरमा कम्पनीले ब्यवसायिकता, प्रविधि मैत्री पारदर्शीता एवं विश्वसनियता लाई थप अभ्यास गर्दै गुणस्तरीय बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गरेको छ ।

nic asia capital
कम्पनी संचालनको ३७ औं वार्षिकोत्सवको सुखद अवसरमा हामी प्रति विश्वासका साथ सहकार्य गर्नु हुने सम्पूर्ण ग्राहक महानुभावनहरु, कर्मचारी साथीहरु, अभिकर्ताज्यूहरु एवं शुभेच्छुकहरु प्रति कम्पनीले आभार ब्यक्त गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
545SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?