National life

नेशनल लाईफको ब्रान्च मेनेजर्स एनुअल कन्फरेन्स “शेपिङ द फ्यूचर” सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३१ साउन २०८१, बिहिबार
467Shares
नेशनल लाईफको ब्रान्च मेनेजर्स एनुअल कन्फरेन्स “शेपिङ द फ्यूचर” सम्पन्न
ncell

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले “शेपिङ द फ्यूचर” भन्ने नाराका साथ चार दिने ब्रान्च मेनेजर्स एनुअल कन्फरेन्स चितवन स्थित होटल सोल्टी वेस्टेण्डमा सम्पन्न गरेको छ ।

कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको सभापतित्वमा आयोजना गरिएको सो सम्मेलनको पानसमा द्धिप प्रज्वलन गरी समुद्धघाटन गरेकी हुन् । सिंहले आव २०८०/८१ मा कम्पनीले प्रथम बीमाशुल्क सहित समग्र सूचांकमा उत्कृष्टता हासिल गर्न सफल हुनुमा कम्पनीका बीमितहरु, अभिकर्ताहरु, व्यवस्थापन र कर्मचारीहरुको अथक मेहनत, परिश्रम र लगनशिलताको कारणले नै सम्भव भएको हुँदा यस सफलताका लागि योगदान गर्ने सम्पुर्णलाई बधाई ज्ञापन गरे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै उनले गत आवमा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पुरा गर्ने शाखाहरु लगायत सबैभन्दा बढि प्रिमियम संकलन गर्ने शाखाहरु र उत्कृष्ट ठहरिएका पाँच शाखाहरुलाई सम्मान तथा पुरस्कृत गरेकी थिइन् । जीवन बीमा व्यवसायसँग सम्बन्धित विभिन्न पाटोहरु र जीवन बीमा कम्पनीका चुनौतीहरुको विवेचना गरी आर्थिक बर्ष २०८१/८२ को लागि लक्ष्य निर्धारण गर्ने उदेश्यले आयोजना गरिएको सम्मेलनमा विभागिय प्रमुख तथा देशै भरीबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरु गरी २०० जना भन्दा बढिको सहभागिता रहेको थियो ।

सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कम्पनीको व्यवसाय वृद्धि गर्नुपर्ने दायित्व र चुनौतीलाई आत्मसाथ गर्दै आपसी समन्वय गरी अगाडी बढेको कारणले नै कम्पनीको उच्च बोनस दरलाई यथावत राख्न सकिएको र प्रथम बीमाशुल्क ५०० करोड भन्दा बढि संकलन गर्न सफल भएको तथा अन्य सबै सुचांकहरुमा पनि सकरात्मक वृद्धि गर्न संभव हुनुमा आ–आफ्नो क्षेत्रबाट योगदान दिने सम्पुर्ण बीमितहरु, अभिकर्ताहरु र कर्मचारीहरु, बधाईको पात्र रहेको बताए । साथै आगामी आर्थिक बर्षमा पनि यो सफलतालाई निरन्तरता दिनुपर्ने चुनौति थपिएकोले उक्त चुनौती पुरा गर्न यस सम्मेलन लाभदायक रहने विश्वास व्यक्त गरे ।

यसैगरी, नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक सविता थापाले सम्पत्ति शुद्धिकरण सम्बन्धमा प्रशिक्षण दिँदै बीमालाई माध्यम बनाएर विभिन्न बहानामा सम्पत्ती शुद्धिकरण गर्न सक्ने भएकोले सो तर्फ सचेत रहन आग्रह गर्दै राष्ट्रिय हितका लागि आतंकवादि वित्तिय लगानी रोक्नु हामी सबैको कर्तव्य भएको बताए ।

साथै सो समारोहमा मोटिभेसनल ट्रेनर सुदिप बस्नेतले सहभागि कर्मचारीहरुलाई तालिम प्रदान गरेका थिए । यसै गरी आर्ट अफ लिभिङका नेपालका वरिष्ठ प्रशिक्षक अच्यूत गौतम र शैलेन्द्र हमालले सम्पुर्ण कर्मचारीहरुलाई तनाव व्यवस्थापन सम्वन्धमा प्रशिक्षण प्रदान गरेका छन् । उपस्थित कर्मचारीहरुलाई यथेष्ट मनोरञ्जन प्रदान गरिएको सो सम्मेलनमा प्रदेश स्तरिय फुटबल प्रतियोगिता लगायत सांगितिक तथा सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिएको थियो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
467SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?