National life
cg eloctronics

पुस ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने, राष्ट्रपति पौडेलले उद्घाटन गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ पुस २०८१, सोमबार
1KShares
पुस ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने, राष्ट्रपति पौडेलले उद्घाटन गर्ने
muktinatha bikash bank

काठमाडौँ । यही पुस ११ देखि १५ गतेसम्म चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८१ हुने भएको छ।

समग्र चितवनको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित हरेक वर्ष हुँदै आएको यस महोत्सव यस पटक पनि १८औँ संस्करणको चितवन हात्ती तथा पर्यटन महोत्सव हुने भएको हो ।  महोत्सवको १८औँ संस्करण बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा आयोजना हुने आयोजक क्षेत्रीय होटल संघ चितवनले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

सौराहासहित समग्र चितवनको पर्यटन विकासमा नयाँ आयाम थप्ने महोत्सवको  राष्ट्रपति रामचन्द्र पौडेलबाट उद्घाटन हुने क्षेत्रीय होटल संघले जनाएको छ। क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजना, युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपालको सह–आयोजनामा महोत्सव गर्न लागिएको हो।

हात्ती महोत्सव अन्तर्गत जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानी घोषणा तथा स्तम्भ अनावरण, हात्तीको श्रृंगार प्रतियोगिता, हात्ती वनभोज, हात्तीमैत्री फुटबल पेनाल्टी प्रतियोगिता, हात्तीमैत्री म्युजिकल वाक विशेष आकर्षण रहेका छन्।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?