National life

प्रदर्शनरत लघुवित्त पीडित र प्रहरीबिच झडप,१३ जना प्रहरी नियन्त्रणमा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ फागुन २०८०, शुक्रबार
629Shares
प्रदर्शनरत लघुवित्त पीडित र प्रहरीबिच झडप,१३ जना प्रहरी नियन्त्रणमा
ncell

काठमाडौँ । प्रधानमन्त्रीको निवास बालुवाटारमा प्रदर्शन गर्न पुगेका लघुवित्त पीडित र नेपाल प्रहरीबिच सामान्य झडप भएको छ ।

लघुवित्त पीडितहरूले निषेधित क्षेत्र तोडे पछि स्थिति नियन्त्रण बाहिर गएको हो । प्रदर्शनकारीले राष्ट्र बैंक अगाडिको निषेधित घेरालाई तोडेर अगाडि बढेकासँगै प्रहरीले बलपूर्वक रोकेको छ।

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी कुमोध ढुंगेलले दिएको जानकारी अनुसार प्रदर्शनकारीले आफूहरूलाई रोकेपछि प्रहरीसँग सामान्य रुपमा धकेलाधकेलको स्थिति बनेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यसरी निषेधित क्षेत्र तोड्ने केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रवक्ता ढुङ्गेलका अनुसार अहिले ११ जना पुरुष र २ जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लघुवित्त पीडितहरूले केही दिन यता बालुवाटार केन्द्रित प्रदर्शनलाई जारी राखेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
629SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?