National life

आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न अर्थ मन्त्रालयद्वारा समिति गठन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|११ साउन २०८०, बिहिबार
530Shares
आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न अर्थ मन्त्रालयद्वारा समिति गठन
ncell

काठमाडौं । लघुवित्त पीडितसँग वार्ता गर्न अर्थ मन्त्रालयले समिति गठन गरेको छ । मन्त्रालयले काठमाडौंमा आन्दोलनरत ‘लघुवित्त पीडित समिति’सँग वार्ता गर्न समिति गठन गरेको हाे ।

अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख सहसचिव भुपाल बरालको संयोजकत्वमा वार्ता समिति गठन गरेको हाे ।

अर्थ मन्त्रीस्तरको निर्णयबाट गठन भएको वार्ता समितिमा गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा नेपाल राष्ट्र बैंकका प्रतिनिधि पनि सदस्य रहनेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सो समितिलाई लघुवित्त पीडित समितिसँग वार्ता तथा छलफल गरी समाधानको सिफारिस गर्ने कार्यादेश दिइएको छ ।

साउन २८ देखि लघुवित्त पीडित समितिका अध्यक्ष मनिराम ज्ञवालीसहित कुलसुम खातुन, नुजा राई, नन्दकला कामीलगायत आमरण अनसनमा बसेपछि देशभरका प्रदेश तथा जिल्ला समितिका प्रतिनिधि काठमाडौं आएर दिनहुँ प्रदर्शन, धर्ना तथा विरोध गरिरहेका छन् ।

विज्ञप्ति :

यो समाचार शेयर गर्नुहोस्
530SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?