National life

प्रभु महालक्ष्मीको नाफामा २५.७४ % ले वृद्धि, अधिकांश सूचकमा प्रगति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ कात्तिक २०८१, सोमबार
536Shares
प्रभु महालक्ष्मीको नाफामा २५.७४ % ले वृद्धि, अधिकांश सूचकमा प्रगति
ncell

काठमाडौँ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले १२ करोड ६२ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

यो नाफा गत वर्षको सोही अवधिको तुलनामा २५.७४ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यस अवधिमा कम्पनीले १० करोड ३ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीको खुद बिमा शुल्क आर्जन र कर्जाबाट हुने आम्दानी बढेसँगै खुद नाफामा वृद्धि भएको वित्तीय तथ्यांकमा उल्लेख छ ।

त्यस्तै, उक्त अवधिमा कम्पनीको खुद बिमा शुल्क आर्जन ४.१८ प्रतिशतले बढेर १ अर्ब १७ करोड २९ लाख ६० हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस अवधिमा यसले १ अर्ब १२ करोड ५८ लाख ५८ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो।

कम्पनीको रिटेन्ड अर्निङमा ६२ करोड २५ लाख रुपैयाँ कायम भएको छ ।असोज मसान्तसम्म कम्पनीले ३२ करोड ३५ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ। यता, लगानी तथा कर्जाबाट हुने आम्दानी १२.८६ प्रतिशतले बढेर ३० करोड ४४ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको जीवन बिमा कोषको आकार ८.२३ प्रतिशतले वृद्धि भएर ११ अर्ब १३ करोड ३४ लाख रुपैयाँ पुगेको छ । कम्पनीको चुक्ता पुँजी ४ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी १० रुपैयाँ ६९ पैसा र प्रतिसेयर नेटवर्थ ११९ रुपैयाँ ३४ पैसा कायम रहेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
536SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?