काठमाडौ । प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले आफ्ना संस्थापक सेयरधनीहरुको नाममा रहेको ४ लाख ४८ हजार ७३० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।
जसमा ४ लाख २६ हजार ७७० कित्ता सेयरमा भने कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सकिने इन्सुरेन्सले जनाएको छ। सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज ९चैत ८ गते० बाट ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय, कमलादी,काठमाडौंमा व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ।
सेयर भाउ भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख गरिएको छ ।
उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।
यस्तै, २१ हजार ९६० कित्ता संस्थापक सेयरमा भने जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आजदेखि ७ दिनभित्र बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा आवेदन बुझाउन सक्नेछन् ।

































