National life

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १०.५२६ प्रतिशत लाभांश घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ भदौ २०८१, आइतबार
3.2kShares
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १०.५२६ प्रतिशत लाभांश घोषणा
ncell

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । भदौ ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको हो ।

बैठकले गत आवको वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत बराबर बोनस सेयर तथा सो मा लाग्ने कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश समेत गरी कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै बैठकले ७ प्रतिशत हकप्रद जारी गर्ने निर्णय समेत गरेको छ । बैठकले आव २०७९/८० को वितरण योग्य मुनाफाबाट १० प्रतिशत बोनश सेयर प्रदान गर्न सकिने भएकोले बोनस सेयर वितरण पश्चात् कायम हुने चुक्तापूँजी ४ अर्ब ७२ करोड ५६ लाखको ७ प्रतिशत बराबरको मात्र हकप्रद सेयर जारी गरी न्यूनतम चुक्तापूँजी कायम गर्न सकिने भएकोले पूर्व घोषित १७ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय पुनरावलोकन गर्ने निर्णय गरेको छ ।

हकप्रद र लाभांशको प्रस्ताव नेपाल बीमा प्राधिकरण समक्ष स्वीकृतिको लागि लेखि पठाउने र नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भए पश्चात् आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गराउने कम्पनीले जनाएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
3.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?