National life

प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा,कहाँ र कसले दिने आवेदन? 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ जेठ २०८१, आइतबार
400Shares
प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा,कहाँ र कसले दिने आवेदन? 
ncell

काठमाडौँ। प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रिमा ल्याएको छ।

बैंकले जोकोहीले किन्न पाउने गरी आफ्ना संस्थापक सेयर धनीहरूको नाममा रहेको १२ लाख ४१ हजार ११ कित्ता संस्थापक शेयर जेठ २५ गते देखि लिलामीमा ल्याएको हो ।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११५ रुपैयाँ तोकिएको छ । खरिदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

Royal Enfield
nic asia capital
बोलकबोल गर्दा न्यूनतम दुई लाख कित्ता र अधिकतममा सम्पूर्ण शेयरका लागि आवेदन दिन सकिनेछ ।

बोलपत्र फाराम काठमाडौँको लेखनाथ मार्गस्थित बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडमा पेश गर्नुपर्नेछ । बोलपत्र पेश गर्ने अन्तिम मिति जेठ ३१ गते अपराह्न ३ बजेसम्म रहेको बैंकले जानकारी गराएको छ।

यो समाचार शेयर गर्नुहोस्
400SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?