National life

बागबजारको आराधना कम्प्लेक्समा सुट मेला २०८१ सुरु

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ मंसिर २०८१, सोमबार
802Shares
बागबजारको आराधना कम्प्लेक्समा सुट मेला २०८१ सुरु
ncell

काठमाडौँ । काठमाडौँको बागबजारस्थित आराधना कम्प्लेक्समा सुट मेला २०८१ सुरु भएको छ। नेपाल टेलरिङ व्यवसायी महासंघको आयोजनामा मंसिर १७ सुरु भएको सर्टिङ सुटिङ वस्तुको मेला २०८२ वैशाख २५ गतेसम्म चल्ने छ । नेपालमा सर्टिङ सुटिङ मेला पहिलोपटक आयोजना गरिएको पनि महासंघले जनाएको छ ।

मेलाको उद्देश्य ग्राहकलाई उच्च गुणस्तरको सर्टिङ सुटिङ कपडाका दर्जनौं विकल्प एकै ठाउँमा उपलब्ध गराउनु तथा आम सर्वसाधारणमा व्यक्तित्व निर्माणमा सर्टिङ सुटिङको महत्त्व बुझाउनु रहेको छ। यो मेलाले सुटमा आएको नयाँ डिजाइनबारे पनि ग्राहकलाई जानकारी गराउनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विवाहको सिजनमा दूर दराजबाट सुट सिलाउन काठमाडौँ आउनेलाई मेला सहयोगी हुने आयोजकको विश्वास छ । मेलामा आराधना कम्प्लेक्समा रहेका मेरिना इम्पेक्स, अनुपम टेलर्स, श्रेष्ठ टेलरिङ, एक्सलेन्ट टेलर्स, एसटी टेलर्स, सिजनल टेलर्स, टिपटप टेलर्स, रिच स्टिचिङ, मेरो टेलर्स, हिल टप र ह्यारी कलेक्सनका स्टल रहनेछन् । यी कम्पनीहरू दशकौँदेखि गुणस्तरीय कपडाको आयात एवं सिलाइ व्यवसायमा संलग्न छन् ।

''मेलामा सहभागी व्यवसायीले मेलाका अवसरमा कपडा र सिलाइमा ग्राहकलाई आकर्षक छुट उपलब्ध गराउने हुँदा ग्राहकका लागि यो एउटा अवसर साबित हुने अपेक्षा गरेका छौँ, मेला संयोजक अर्जुन बस्नेतले भन्नुभयो, मेलामा अन्तर्राष्ट्रिय जगतमै ख्याति कमाएका इटालियन, इंग्ल्यान्ड, बैंकक, भारतलगायत देशमा उत्पादित उच्च गुणस्तरको फेब्रिक विकल्प एउटै छानामुनि उपलब्ध हुने जानकारी गराउन पाउँदा हामी अत्यन्त हर्षित छौँ ।

मेलामा सहभागी व्यवसायीले मेला अवधिमा कपडा खरिद गर्ने र सिलाउने ग्राहकमध्येबाट गोला प्रथामार्फत भाग्यशाली विजेता चयन गरी स्वदेश र विदेशका विभिन्न गन्तव्यको भ्रमण गराउने अफर समेत राखेका छन् । यसबाट ग्राहकसँगको भावनात्मक सम्बन्ध अझ प्रगाढ हुने र आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत थोरबहुत योगदान हुने आयोजकको विश्वास छ ।

यो मेलाको अर्को उद्देश्य आर्थिक मन्दीका कारण शिथिल भएको व्यवसायलाई गति दिनु रहेको छ । यसले सर्टिङ सुटिङ व्यवसायलाई चलायमान गराई रोजगारीका अवसर सिर्जना र सरकारी राजस्वमा पनि योगदान गर्ने महासंघको भनाइ छ । महासंघले अर्थतन्त्रमा देखिएको हालको शिथिलता चिर्न सरकार र निजीक्षेत्रबीच गहिरो सहकार्य

''आवश्यक रहेकोमा पनि जोड दिएको छ । व्यवसायमा आएको शिथिलताका कारण अप्ठेरो परिस्थितिमा पुगेका सम्पूर्ण व्यवसायीले यति बेला सरकारबाट अभिभावकको भूमिका खोजिरहेका छन्,ु मेलाबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा महासंघले भनेको छ, सरकारको सानो आश्वासन र व्यवहारले पनि निजी क्षेत्रको मनोबल उकास्न ठूलो योगदान गर्न सक्ने हुँदा यसतर्फ सरकारले पनि उचित ध्यान दिनेछ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
802SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?