National life

बिमा सम्बन्धी काम अनलाइनबाटै गर्न मस्यौदा तयार, जानकारबाट थप राय माग

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ माघ २०८०, शुक्रबार
500Shares
बिमा सम्बन्धी काम अनलाइनबाटै गर्न मस्यौदा तयार, जानकारबाट थप राय माग
ncell

काठमाडौं। भौतिक रुपमा हुँदै आएको बिमा सम्बन्धी कामहरु अनलाइनबाटै गर्न नेपाल बीमा प्राधिकरणले डिजिटल इन्स्योरेन्स पोलेसी गाइडलाइन २०८० को मस्यौदा तयार पारेको छ ।

प्राधिकरणले मस्यौदा तयार पार्दै जानकारबाट थप राय माग गरेको हो । बिमितले भौतिकरुपमा उपस्थित भएर इन्स्योरेन्स गर्नुपर्ने बाध्यतालाई हटाउने अपेक्षा सहित गाइडलाईन मस्यौदा तयार पारेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले मस्यौदा तयार पार्दै बिमा कम्पनीहरुले आइटी क्षेत्रमा गर्दै आएको लगानी थप बढाउनुपर्ने उल्लेख गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्रविधिमत्री तथा पारदर्शी बनाउनका लागि प्राधिकरणले डिजिटल इन्स्योरेन्स पोलेसी गाइडलाईन २०८० को मस्यौदा तयार पारेको हो ।

मस्यौदा अनुसार अब जीवन, निर्जीवन, लघु तथा पुनर्बिमा कम्पनीहरुले डिजिटल प्लाटफर्म निर्माण गर्नुपर्नेछ । जहाँ बिमितले अनलाईबाटै इन्स्योरेन्स पोलेसी खरिद,सरेण्डर तथा बिमा दाबीभुक्तानी समेत गर्न सक्नेछन् ।

प्राधिकरणले फागुन २ गते भित्र मस्यौदा उपर जानकारबाट सुझाव माग पनि गरेको हो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
500SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?