National life
cg eloctronics

बैंकिङ्ग प्रणालीमार्फत निक्षेप संकलनमा ३ अर्बले गिरावट, अन्य सूचक कस्तो छ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ साउन २०८१, बिहिबार
586Shares
बैंकिङ्ग प्रणालीमार्फत निक्षेप संकलनमा ३ अर्बले गिरावट, अन्य सूचक कस्तो छ ?
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंकिङ्ग प्रणालीमा हाल निक्षेप संकलन ६४ खर्ब ३० अर्ब पुगेको छ। साउन महिनामा बैंक तथा वित्तीय संस्थामा हुने निक्षेप संकलनमा गिरावट आएको तथ्यांकमा उल्लेख छ ।

केन्द्रीय बैंकको तथ्यांक अनुसार साउन यही साउन १४ गते बैंकिङ्ग प्रणालीमा ६४ खर्ब ३४ अर्ब निक्षेप संकलन भएकोमा साउन १५ गते ६४ खर्ब ३० अर्ब संकलन भएको हो। सोही तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा एकै दिनमा ४ अर्बले निक्षेप संकलन घटेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै वाणिज्य बैंकहरुबाट हुने निक्षेप संकलनमा समेत उक्त अवधिमा ३ अर्बले गिरावट आएको छ। असार १४ गते ५७ खर्ब ३ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले १५ गते भने ५७ खर्ब निक्षेप संकलन गरेका छन्।

वित्तीय संस्थाबाट हुने कर्जा प्रवाहमा भने बृद्धि भएको छ । गत शुक्रवारसम्म ५१ खर्ब ४० अर्ब प्रवाह भएकोमा शनिवार २ अर्बले बढेर ५१ खर्ब ४२ अर्ब बराबरको कर्जा प्रवाह भएको छ ।

सो समयावधिमा वाणिज्य बैंकहरुबाट हुने कर्जा प्रवाह पनि २ अर्बले नै बढेको छ। शुक्रवारसम्म ४५ खर्ब ४८ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले शनिवार ४५ खर्ब ५० अर्ब कर्जा प्रवाह गरेका छन्।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
586SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?