National life
cg eloctronics

बैंकिङ् निक्षेप संकलन खुम्चियो, औसत सीडी रेसियो ७८.४४ प्रतिशतमा कायम

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ साउन २०८१, सोमबार
604Shares
बैंकिङ् निक्षेप संकलन खुम्चियो, औसत सीडी रेसियो ७८.४४ प्रतिशतमा कायम
ncell

काठमाडौँ । साउन महिनाको सुरुवात भएसँगै बैंक तथा वित्तीय संस्थामा हुने निक्षेप संकलनमा गिरावट आएको छ।

राष्ट्र बैंकको पछिल्लो आकडालाई हेर्दा हाल बैंकिङ्ग प्रणालीमा निक्षेप संकलन ६४ खर्ब ३७ अर्ब पुगेको छ। केन्द्रीय बैंकको आकडालाई हेर्ने हो भने साउन ११ गते बैंकिङ्ग प्रणालीमा ६४ खर्ब ३९ अर्ब निक्षेप संकलन भएकोमा साउन १० गते ६४ खर्ब ३७ अर्ब संकलन भएको  देखिएको छ।

तसर्थ यसलाई आधार मानेर हेर्दा बैंकिङ्ग प्रणालीमा एकै दिनमा २ अर्बले निक्षेप संकलन घटेको देखिएको छ । यस्तै, उक्त समयमा वाणिज्य बैंकहरुबाट हुने निक्षेप संकलन पनि २अर्बले घटेको छ। असार १० गते ५७ खर्ब ७ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले ११ गते भने ५७ खर्ब ५ अर्ब निक्षेप संकलन गरेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह पनि १ खर्बले घटेको छ।  शुक्रवारसम्म ५१ खर्ब ४१ अर्ब प्रवाह भएकोमा शनिवार घटेर ४१ खर्ब ४० अर्ब रकम बराबरको कर्जा प्रवाह भएको छ । राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो पनि ७८.४२ बाट बढेर ७८.४४ प्रतिशतमा कायम भएको देखाएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
604SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?