काठमाडौँ । मानव तस्करी प्रकरणमा लिलाबल्लभ अधिकारीलाई उन्मुक्ति दिइएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले उनलाई मुद्दा नचलाउने निर्णय गर्दै अभियोग पत्र जिल्ला अदालत काठमाडौँमा पेस गरेको हो ।
कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री अधिकारी कार्तिक ११ मा खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटा क्याथे प्यासिफिकको उडानमार्फत जापान गएका थिए।
टोकियो विमानस्थलबाट डिपोर्ट (निष्कासन) भएर काठमाडौँ फर्किएका तत्कालीन मन्त्रीसहित ४ जना र ३ जना बिचौलियालाई प्रहरीले पक्राउ परेका थिए । पक्राउ पर्ने बिचौलियाहरूमा धादिङ घर भएका ३४ वर्षीय महेश पाण्डे, दोलखा घर भएका ३० वर्षीय वीरबहादुर सुनार र नुवाकोट घर भएका २३ वर्षीय जुगल रिजाल छन् ।


































