National life

मानव सेवा आश्रम जनकपुरलाई सिटिजन्स बैंकको सहयोग

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ फागुन २०८०, बिहिबार
432Shares
मानव सेवा आश्रम जनकपुरलाई सिटिजन्स बैंकको सहयोग
ncell

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गतजनकपुरमा अवस्थित मानव सेवा आश्रमलाई सहयोग प्रदान गरेको छ ।

बैंकले सडक तथा सार्वजनिक स्थलहरुमा अभिभावकविहीन अवस्थामा कष्टपूर्ण र असुरक्षित जीवन विताईरहेका मानिसहरुको उद्दार तथा व्यावस्थापन गर्दै आएको मानव सेवा आश्रमलाई विभिन्न दैनिक उपभोग्य खाद्यान्न सामाग्री उपलब्ध गराएको बैंकले जनाएको छ ।

आश्रममा आज आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप सामग्रीहरु हस्तान्तर गरेको बैंकले जनाएको छ।

समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले आश्रममा रहेका व्यक्तिहरुको जिविकोपार्जन तथा सहजिकरणको निमित्त उक्त सामाग्रीहरु संस्थालाई हस्तान्तरण गरि मानव सेवामा समर्पित हुनपाँउदा हर्षित भएको बताँएका छन् ।

Royal Enfield
nic asia capital

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५२ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

यो समाचार शेयर गर्नुहोस्
432SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?