National life

मैलुङ्ग खोलाको २.२२११ प्रतिशत बोनस शेयर समायोजन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ चैत २०८०, शुक्रबार
559Shares
मैलुङ्ग खोलाको २.२२११ प्रतिशत बोनस शेयर समायोजन
ncell

काठमाडौँ। मैलुङ्ग खोला जलविद्युत कम्पनी लिमिटेडको सेयर मूल्य नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा समायोजन भएको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले कम्पनीको २.२२११ प्रतिशत बोनस शेयर समायोजन गरेको हो।

Royal Enfield
nic asia capital

कम्पनीको सेयर मूल्य समायोजनपश्चात् ४६१ रुपैयाँ ७४ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको सेयर मूल्य समायोजन गरेको हो।  बिहीबार दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता ४७२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

कम्पनीले चैत २९ गते, बिहीबार, लैनचौर ब्याक्वेट, लैनचौर, काठमाडौँमा दशौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पुँजीको २.२२११ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.११६९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यो समाचार शेयर गर्नुहोस्
559SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?