National life

आज नेप्सेमा सेयर कारोबार नहुने, यस्तो छ कारण

समस्या समाधानका लागि पहल भइरहे पनि हालसम्म पूर्णरूपमा समाधान हुन सकेको छैन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|०५ असोज २०८३, सोमबार
417Shares
आज नेप्सेमा सेयर कारोबार नहुने, यस्तो छ कारण
ncell

काठमाडौं । डाटा सेन्टरमा देखिएको प्राविधिक समस्या समाधान हुन नसकेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आजको नियमित सेयर कारोबार स्थगित गरेको छ ।

नेप्सेका अनुसार ७२ वटा कारोबार सदस्य कम्पनीको सर्भर राखिएको डाटा सेन्टर ‘डाटा हब प्रालि’मा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या देखिएको थियो । समस्या समाधानका लागि पहल भइरहे पनि हालसम्म पूर्णरूपमा समाधान हुन सकेको छैन ।

यस्तो अवस्थामा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने जोखिम देखिएपछि कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

स्टक ब्रोकर एसोसिएसन अफ नेपालले समेत प्राविधिक समस्या समाधान नभएसम्म आजको नियमित कारोबार सत्र स्थगित गर्न नेप्सेसमक्ष निवेदन दिएको थियो ।

सोही अवस्थालाई ध्यानमा राख्दै नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१(१) बमोजिम २०८३ असोज ५ गतेको नियमित कारोबार स्थगित गर्ने निर्णय गरेको हो ।

नेप्सेले कारोबार स्थगित हुँदा लगानीकर्ता तथा सम्बन्धित पक्षमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ ।

यो समाचार शेयर गर्नुहोस्
417SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?