National life
cg eloctronics

सागर डिस्टिलरीको शेयर नेप्सेमा सूचीकृत, कतिमा हुँदैछ पहिलो कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० कात्तिक २०८२, बिहिबार
2.1kShares
सागर डिस्टिलरीको शेयर नेप्सेमा सूचीकृत, कतिमा हुँदैछ पहिलो कारोबार ?
muktinatha bikash bank

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सागर डिस्टिलरी लिमिटेडको शेयर सूचीकृत भएको छ। आज कार्तिक २० गते बिहीबार कम्पनीको ७२ लाख ६० हजार कित्ता शेयर सूचीकृत भएको हो ।

शेयर सूचीकृत भए लगतै आइतबारबाट कम्पनीको शेयर कारोबार सुरु हुने भएको छ । आइतबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुने छ। कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले १०६.५२ रुपैयाँदेखि ३१९.५६ रुपैयाँसम्मको रेन्ज तोकेको छ। यस रेन्जबीचको जुनसुकै मूल्यबाट कम्पनीले पहिलो कारोबार सुरु गर्न सक्ने छ। कम्पनीको शेयर SAGAR सिम्बलबाट कारोबार हुने छ। कम्पनीले गत भदौ ३० गतेदेखि असोज ५ गतेसम्म आम सर्वसाधारणलाई ११ लाख ९० हजार ६ सय ४० कित्ता शेयर निष्काशन गरेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3

यो कम्पनी वि.सं. २०६९ सालमा यो कम्पनी स्थापना भएको हो भने कम्पनीको फ्याक्ट्री देवचुली, नवलपुरमा रहेको छ । सागर डिष्टिलरीले मदिराजन्य उत्पादनहरु तयार गर्दछ । यस कम्पनीले Royal Blue, Grey Wolf, / Berries & Blues लगायतका ब्राण्डको मदिरा उत्पादन गरिरहेको छ । कम्पनीले ‘नेप्से बुल्स’ र ‘द गभर्नर’ नामको नामको प्रिमियम व्हिस्की पनि उत्पादन गरेको छ ।

everest bank

यस कम्पनीकी अध्यक्ष अल्का गोयल हुन् भने अन्य संचालकमा आशुतोष खेतान, राजीव प्याकुरेल, र रतन कुमार चौधरी रहेका छन् । कम्पनीको स्वतन्त्र संचालक भने ज्योति दाहाल हुन् ।

यो समाचार शेयर गर्नुहोस्
2.1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?