National life

यस वर्ष ३.३ प्रतिशत आर्थिक वृद्धि हुने विश्व बैंकको प्रक्षेपण,आगामी वर्ष कति रहला ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० चैत २०८०, मङ्गलबार
470Shares
यस वर्ष ३.३ प्रतिशत आर्थिक वृद्धि हुने विश्व बैंकको प्रक्षेपण,आगामी वर्ष कति रहला ?
ncell

काठमाडौं। विश्व बैंकले चालु आर्थिक वर्ष २०८१-८१ मा नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत हुने प्रक्षेपण गरेको छ। मंगलबार ‘साउथ एसिया डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै विश्व बैंकले यस्तो प्रक्षेपण सार्वजनिक गरिएको हो ।

सरकारले चालु आव ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ ।

Royal Enfield
nic asia capital
गत पुसमा विश्व बैंकले नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत हुने प्रक्षेपण सार्वजनिक गरेको थियो। तर अहिले उक्त प्रक्षेपणमा केही घटाएको छ । गत आव २०७९-८० मा नेपालको आर्थिक वृद्धि २.२ प्रतिशत थियो ।

आगामी आव नेपालको अर्थतन्त्र ४.६ प्रतिशतले विस्तार हुने प्रक्षेपण समेत विश्व बैंकले गरेको छ । सन् २०२६ मा भने ५.३ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान उसको छ । यो वर्ष मूल्यवृद्धि ६.७ प्रतिशतमा सीमित हुने तथा आगामी वर्षहरूमा क्रमशः ६ प्रतिशत र ५.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण विश्व बैंकको छ।

त्यस्तै विश्वमा तेलको मूल्यमा कमी आउने अपेक्षा भएकाले नेपालको मूल्यवृद्धि पनि नियन्त्रणमा रहने अपेक्षा विश्वबैंकको रहेको देखिन्छ छ । यता चालु खाता यो वर्षका साथै आगामी दुई वर्ष पनि नाफामै रहने प्रक्षेपण विश्व बैंकले गरेको छ। ‘उपभोग तथा माग घटेकाले आर्थिक वृद्धि कम भएको छ,’नेपाल, श्रीलंका तथा माल्दिभ्सका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद सर्भोसले भने, ‘वर्किङ क्यापिटल गाइडलाइन नियामकीय कडापन तथा मागमा भएको कमीका कारण कर्जाको माग घटेको छ ।

निजी क्षेत्रको लगानी घटेको छ । पर्यटनले ग्रोथलाई योगदान गरिरहेको छ । विद्युत उत्पादनले पनि राम्रो गरिरहेको छ ।’उनका अनुसार नेपालमा लगानी नबढ्नु चिन्ताको विषय हो । ‘लगानी विदेशी मात्रै हुनुपर्दैन । स्वदेशी लगानी पनि भएको छ त रु छैन । यो चिन्ताको विषय हो,’ सर्भोसले भने, ‘नेपालको ब्युरोक्रेसीले लगानीको सहज वातावरण बनाएको छ कि छैन भन्ने समीक्षा गर्नुपर्ने भएको छ ।

उनका अनुसार लगानीकर्ता नेपाली होस्, एनआरएन होस् वा विदेशी होस्, उसले नेपालसँग, बंगलादेशसँग तुलना गर्छ । सिंगापुरसँग तुलना गर्छ । त्यहाँ लगानी गर्दा कस्ता सुविधा पाइन्छ र नेपालमा के पाइन्छ हेर्छ ।

‘त्यसो हुँदा लगानीकर्तालाई आकर्षित गर्न कस्तो वातावरण बनाइएको छ । त्यसले फरक पार्छ,’ उनले थपे, ‘नेपाल सुन्दर देश हो । तर, त्यतिले मात्रै लगानी आकर्षित गर्दैन । लगानीकर्तालाई आकर्षित गर्न सरकार र कर्मचारीतन्त्रले कस्तो काम गरेको छ । त्यसले ठूलो अर्थ राख्छ । त्यस्तै विश्व बैंकका अर्थशास्त्री नयनकृष्ण जोशीले नेपालको वित्तीय घाटा घटेको तथा राजनीतिक अस्थिरताले निजी लगानीलाई घटाएको बताए ।

यो समाचार शेयर गर्नुहोस्
470SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?