काठमाडौं। आज माउन्टेन इनर्जी र नेश्नल माइक्रोफाइनान्सको शेयरमूल्य नेप्सेमा समायोजन भएको छ।
माउन्टेन इनर्जीले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। नेप्सेले सोहि १५ प्रतिशत बोनसमा शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ५५७ रुपैयाँ ३९ पैसा तोकेको छ।
यस्तै, नेश्नल माइक्रोफाइनान्सले ७.५० प्रतिशत बोनश वितरण गर्ने प्रस्ताव गरेको थियो।
सोहि बोनसमा शेयरमूल्य समायोजन गरी नेप्सेले ११३४ रुपैयाँ ८८ पैसाको नयाँ शेयरमूल्य कायम गरेको छ। मंगलबार कम्पनीको शेयर प्रतिकित्ता १२२० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
बुधबार दुबै कम्पनीको शेयर कारोबार समायोजित मूल्यमा आधारित रहेर खुल्ने छ।

































