National life
cg eloctronics

राष्ट्रिय आर्थिक गणना ८७ प्रतिशत सम्पन्न, असार ७ गतेसम्म गणना सकिने

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|०५ जेठ २०८३, मङ्गलबार
1.4kShares
राष्ट्रिय आर्थिक गणना ८७ प्रतिशत सम्पन्न, असार ७ गतेसम्म गणना सकिने
muktinatha bikash bank

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गरिरहेको दोस्रो ‘राष्ट्रिय आर्थिक गणना, २०८२’ हालसम्म ८७ दशमलव ०८ प्रतिशत सम्पन्न भएको जनाएको छ ।

थापाथलीस्थित कार्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा गणनाको प्रगति विवरण सार्वजनिक गर्दै कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुण्डीराज लामिछानेले वैशाख २ गतेदेखि सुरु भएको गणना आगामी असार ७ गतेसम्म सञ्चालन हुने जानकारी दिए ।

उनका अनुसार देशभर खटिएका गणकहरूले स्थलगत रूपमा तथ्याङ्क सङ्कलन गरिरहेका छन् । हालसम्म आठ लाखभन्दा बढी कागजी फारम तथा १० हजारभन्दा बढी ‘इसेन्सस टोकन’ वितरण भइसकेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी डा. कमलप्रसाद पोख्रेलले आर्थिक गणनाले मुलुकको आर्थिक संरचना, व्यवसाय, रोजगारी र उत्पादनसम्बन्धी यथार्थ तथ्याङ्क उपलब्ध गराउने बताए ।
उनले प्रतिष्ठान तथा व्यवसायीलाई सत्य र तथ्यपरक विवरण उपलब्ध गराउन आग्रह गर्दै सञ्चारमाध्यम, विशेषगरी रेडियोमार्फत् गणनाबारे जनचेतना फैलाउन सहयोग गर्न अनुरोध गरे ।

everest bank

डा. पोख्रेलले राष्ट्रिय आर्थिक गणनाबाट प्राप्त तथ्याङ्कले कुल गार्हस्थ्य उत्पादन तथा राष्ट्रिय लेखा प्रणालीलाई समयसापेक्ष बनाउन सहयोग पुग्ने धारणा राखे ।

साथै सङ्घीय, प्रदेश र स्थानीय तहका सरकारलाई आर्थिक नीति, योजना तथा कार्यक्रम निर्माण र मूल्याङ्कनमा समेत गणनाले आधार प्रदान गर्ने उनको भनाइ थियो ।

पत्रकार सम्मेलनमा सहभागी रेडियोकर्मीहरूले भने सरकारले सरकारी विज्ञापन कटौती गर्दा सञ्चारमाध्यम समस्यामा परेको गुनासो गरेका थिए । उनीहरूले रेडियो क्षेत्रले विभिन्न चरणमा सात प्रकारका कर तिर्नुपर्ने झन्झटपूर्ण अवस्थाको सामना गरिरहेको बताएका छन् ।

कार्यक्रममा नेपाली रेडियो नेटवर्कका प्रबन्ध निर्देशक अमृत अधिकारीले रेडियो अझै पनि आमजनतामाझ लोकप्रिय र प्रभावकारी सञ्चारमाध्यम भएको उल्लेख गर्दै यसको संरक्षणका लागि राज्यले लचिलो नीति अवलम्बन गर्नुपर्ने बताए । उनले कर छुट तथा विज्ञापन व्यवस्थापनमा सहजीकरण भए रेडियो क्षेत्रलाई टिकाउन सहज हुने धारणा राखे

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?