National life

लाभांश वितरण सहित यी एजेण्डा सहित प्रभु महालक्ष्मी लाइफको सभा आह्वान

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ भदौ २०८१, सोमबार
986Shares
लाभांश वितरण सहित यी एजेण्डा सहित प्रभु महालक्ष्मी लाइफको सभा आह्वान
ncell

काठमाडौँ। आगामी महिना असोज २३ गते प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको आइतबार (भदौ २३ गते) बसेको बैठकले सो दिन साधारण सभा गर्ने निर्णय गरेको हो।

सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै, कम्पनीले यसअघि घोषणा गरेको १७ प्रतिशत हकप्रद सेयरलाई परिमार्जन गरी बोनस सेयर वितरणपछि कायम हुने पुँजीबाट ७ प्रतिशत मात्र हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पेश गर्ने कार्यसूची रहेको छ ।

यस्तै, आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखा परीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा समावेश गरिएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
986SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?