National life

आरविवि मर्चेन्ट बैंकिङ्गको वित्तीय शिक्षा अभिबृद्धिको लागि सचेतनामूलक कार्यक्रम सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ चैत २०८०, सोमबार
676Shares
आरविवि मर्चेन्ट बैंकिङ्गको वित्तीय शिक्षा अभिबृद्धिको लागि सचेतनामूलक कार्यक्रम सम्पन्न
ncell

काठमाडौं । धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्वन्धी देशव्यापी रुपमा शिक्षा तथा सचेतना अभिबृद्धि गरी लगानीकर्ता सशक्तिकरण गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्डले वित्तीय शिक्षा अभिबृद्धि गर्ने हेतुले स्थापित अन्र्तराष्ट्रिय संगठन The Organization for Economic Cooperation and Development (OECD) / International Network on Financial Education (INFE) विश्व वित्तीय सप्ताह–२०२४ (Global Money Week-2024) २०८०, चैत्र ५ गते देखि ११ गते सम्म देशभरी विभिन्न कार्यक्रम आयोजना गरी मनाईएको छ।

यही अवसरमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले २०८० साल चैत्र ९ गते श्री नुवाकोट आदर्श बहुमुखि क्याम्पस, बिदुर ४, बट्टार मा स्नातक तथा स्नातकोत्तर तहमा अध्यनरत विधार्थीहरु तथा शिक्षक- शिक्षिकाहरुको लागि वित्तीय शिक्षा अभिबृद्धिको लागि सचेतनामूलक कार्यक्रम आयोजना गरि सफलतापूर्वक सम्पन्न गरेको । उक्त सचेतनामूलक कार्यक्रममा नुवाकोट आदर्श बहुमुखि क्याम्पसका अध्यक्ष श्री श्रीराम श्रेष्ठ, क्याम्पस प्रमुख श्री नारायण मान डंगोल तथा अध्यनरत विधार्थीहरु र शिक्षक- शिक्षिकाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत श्री बद्रि प्रसाद प्याकुरेल, प्रबन्धक श्री अजय घिमिरे र बरिष्ठ अधिकृत श्री सृजना बाँस्कोटाले कार्यक्रम संचालन गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड विदुर शाखा प्रमुख श्री रिमा श्रेष्ठ तथा शाखाका कर्मचारी श्री सन्तोष बोगटीको समेत उपस्थिती रहेको थियो ।

साथै, छलफलमा उठेका प्रश्नहरुको जवाफ श्री अजय घिमिरेले दिनुभएको थियो । (Global Money Week-2024) को अवसरमा आयोजित यस कार्यक्रमले पूँजीबजार सम्बन्धी शिक्षा तथा सचेतना अभिबृद्धि गर्नेछ र सहभागीहरुले शेयर लगानी सम्बन्धि ज्ञान हासिल गरि लाभान्वित हुने विश्वास गरिएको छ । आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शत् प्रतीशत लगानीमा स्थापित संस्था हो ।

यो समाचार शेयर गर्नुहोस्
676SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?