National life

विद्युत् प्राधिकरणका सञ्चालकद्वय पुन र आचार्यलाई बर्खास्त नगर्न सर्वोच्चको आदेश

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ साउन २०८१, बिहिबार
650Shares
विद्युत् प्राधिकरणका सञ्चालकद्वय पुन र आचार्यलाई बर्खास्त नगर्न सर्वोच्चको आदेश
ncell

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणका सञ्चालकद्वय भक्तबहादुर पुन र कपिल आचार्यलाई सञ्चालक समिति सदस्यबाट बर्खास्त नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीश सुनील पोखरेलको एकल इजलासले पुन र आचार्यलाई बर्खास्त नगर्न अन्तरिम आदेश जारी गरेको हो। पुन र आचार्यले आफूहरूलाई नहटाउन र ऊर्जामन्त्रीले नियुक्त गरेका दुई सञ्चालकको नियुक्ति खारेजीको माग गर्दै सर्वोच्चमा रिट हालेका थिए।

ऊर्जा मन्त्री दीपक खड्काले गत साउन १८ गते पुन र आचार्यलाई बर्खास्त गरी उनीहरूको ठाउँमा पूर्व ऊर्जा सचिव देवेन्द्र कार्की र विद्युत् विकास विभागका पूर्वमहानिर्देशक महेन्द्रबहादुर गुरुङलाई नियुक्त गरेका थिए।

Royal Enfield
nic asia capital

प्राधिकरण सञ्चालक समिति बैठकमा पुन र आचार्यले लाइन काटिएका ६ उद्योगमा पुन लाइन काट्ने निर्णयप्रति असहमति जनाउँदै नोट अफ डिसेन्ट लेखेपछि ऊर्जा मन्त्रालयले साउन १५ गते स्पष्टीकरण सोधेको थियो।

यो समाचार शेयर गर्नुहोस्
650SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?