National life

विद्युत प्राधिकरणद्वारा डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महसुल बुझाउने म्याद थप

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२९ भदौ २०८०, शुक्रबार
478Shares
विद्युत प्राधिकरणद्वारा डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महसुल बुझाउने म्याद थप
ncell

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महसुल बुझाउने म्याद थप गरेको छ। प्राधिकरणले आज एक सूचना प्रकाशित गर्दै डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महसुल बुझाउने म्याद थप गरेको हो। प्राधिकरणले म्याद थप गरे अनुसार अब बक्यौताल महसुल असोज ३० गतेसम्म बुझाउन सकिने छ।

गत भदौ १७ गते प्राधिकरणले १५ दिने सूचना जारी गर्दै भदौ १७ दिनभित्र विगतमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् आपूर्ति लिएबापत तिर्न बाँकी महसुल बुझाउन ताकेता गरेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रधानमन्त्री पुष्पकमल दाहालले डेडिकेटेड फिडर र ट्रंक लाइनको महसुलका सम्बन्धमा देखिएको विवाद समाधान गर्न अध्ययन भइरहेको र यसबारे निर्क्यौल नभएसम्म उद्योगहरुको विद्युत आप्रर्ति नगर्न प्राधिकरणलाई निर्देशन दिएका थिए। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा महासंघका पदाधिकारीरसहित प्रधानमन्त्री निवास बालुवाटर पुगेको प्रतिनिधिमण्डसँगको भेटेपछि प्रधानमन्त्री दाहालले यस्तो निर्देशन दिएका थिए।

प्रधानमन्त्रीको निर्देशनपछि प्राधिकरणले उक्त बक्यौता रकम बुझाउने म्याद थप गरेको बताइएको छ।

विद्युत् महसुल संकलन विनियमावली, २०७८बमोजिम सम्बन्धित वितरण केन्द्रहरुबाट बक्यौता महसुल बुझाउन पटक–पटक पत्राचार गरिएकोमा हालसम्म पनि बक्यौता महसुल नबुझाएको प्राधिकरणले जनाएको छ।

लोडसेडिङको समयमा प्राधिकरणबाट डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत आपूर्ति लिएका तर प्रिमियमसहितको महसुल नतर्ने औद्योगिक, व्यापारिक, गैरव्यापारिक वर्गका ग्राहक संख्या ६७ रहेको छ। २०७२ साउनदेखि २०७७ जेठसम्म(लोडसेडिङ अन्त्यपछिको अवधिसम्म)को १५ अर्ब ४२ करोड ८० लाख रुपैयाँ बक्यौता रकम र सोको जरिवाना गरी करिब २० अर्ब रुपैयाँ प्राधिकरणले असुल गर्न बाँकी रहेको ऊर्जा मन्त्रालयको अध्ययन प्रतिवेदनमा उल्लेख छ।

 

यो समाचार शेयर गर्नुहोस्
478SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?