National life
cg eloctronics

विद्युत प्राधिकरणले जलविद्युत आयोजनाको पीपीए गर्न कम्पनीहरूलाई बोलायो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१६ असोज २०८०, मङ्गलबार
1.6kShares
विद्युत प्राधिकरणले जलविद्युत आयोजनाको पीपीए गर्न कम्पनीहरूलाई बोलायो
muktinatha bikash bank

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) गर्न जलविद्युत कम्पनीहरुलाई बोलाएको छ । प्राधिकरणले पीपीएलाई निरन्तरता दिने प्राधिकरण सञ्चालक समितिको निर्णयअनुसार जलविद्युत कम्पनीहरुलाई ३५ दिन भित्र बोलाएको हाे ।

प्राधिकरणले नदी प्रवाही जलविद्युत (आरओआर) र अर्धजलासय (पीआरओआर) आयोजनालाई पीपीए गर्न बोलाएको हो । प्राधिकरणका अनुसार आरओरको माथिल्लो सीमा ६ हजार ७५० मेगावाट र पिआरओरको ४ हजार ५०० मेगावाट रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

प्राधिकरणका अनुसार ग्रिड कनेक्सन एग्रिमेन्ट भएको मितिलाई आधार मानी रोल क्रम अनुसार पीपीएको प्रक्रिया बढाउने जनाएको छ ।

प्राधिकरणद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ, ‘पीपीएको प्रक्रियामा रहेका प्रवर्धक कम्पनी र विद्युत् नियमन आयोगबाट पीपीएको मस्यौदामा सहमति प्राप्त भई हस्ताक्षर गर्ने प्रयोजनको अख्तियारीका साथै परफरमेन्स बैंक जमानत र पीपीए शुल्क बुझाउन विद्युत् व्यापार विभागबाट पत्राचार गरिएका प्रवर्द्धक कम्पनीलाई ३५ दिनभित्र रितपूर्वक निवेदन साथ विद्युत व्यापार विभागमा सम्पर्क राख्नुहुन पुनः सुचित गरिन्छ ।’

प्राधिकरणका अनुसार तोकिएको समयमा निवेदन नआएमा आवश्यक काजगजातहरु/दस्ताबेज संलग्न नभएमा त्यस्ता आयोजनाहरूलाई पीपीएको रोल क्रमबाट हटाइने र रोल क्रमका आधारमा ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भएका आयोजनाको पीपीए प्रक्रिया अघि बढाउने छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?