National life

विश्व बैंकलाई नेपालमा सहायता बढाउन अर्थमन्त्री पुनको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ फागुन २०८०, सोमबार
370Shares
विश्व बैंकलाई नेपालमा सहायता बढाउन अर्थमन्त्री पुनको आग्रह
ncell

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री वर्षमान पुन 'अनन्त'ले नेपालमा थप सहायता बढाउनका निमित्त विश्व बैंकलाई आग्रह गरेका छन् ।

नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने विश्व बैंकका कन्ट्री डाइरेक्टर फेरिस हदाद जेर्बोससँग सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको विशेष भेटमा मन्त्री पुनले नेपालको अर्थतन्त्र दबाबमा रहेकाले नेपाललाई प्राथमिकतामा राख्नका निमित्त आग्रह गरेका छन् ।

विश्व बैंक नेपालको ठुलोमध्येको विकास साझेदार भएकाले समन्वय र सहकार्यको अपेक्षा पनि उच्चस्तरकै रहेको पुनको भनाइ थियो । सरकारको खर्च बढाउने, रोजगारी सृजना र आर्थिक गतिविधिमा तीव्रता पैदा गरेर अर्थतन्त्र चलायमान बनाउने सरकारको नीति सफल बनाउन महत्त्वपूर्ण विकास साझेदारका हैसियतले विश्व बैंकको सहयोग जरुरी रहेका पुनको भनाई छ ।

Royal Enfield
nic asia capital

‘कतिपय आन्तरिक र कतिपय बाह्य कारणले अर्थतन्त्र केही दबाबमा छ’, पुनले भने, ‘यो चुनौतीपूर्ण अवस्थामा विश्व बैंकबाट थप सहयोगको अपेक्षा गरेको छु ।’ आफूसँग विगतमा अर्थसहित विकासे मन्त्रालय सम्हालेको अनुभव रहेको र १२ वर्षपछि फेरि अर्थ मन्त्रालयको नेतृत्वमा आएकाले पुँजीगत खर्च बढाउने गरी काम गर्ने पुनले विश्वास व्यक्त गरे ।

भेटमा डाइरेक्टर जेर्बोसले विश्व बैंकको लगानीमा सञ्चालित आयोजनाहरूको प्रगति सन्तोषजनक बनाउन सरकारका तर्फबाट गर्नुपर्ने समन्वयका लागि मन्त्री पुनको ध्यानाकर्षण गराए। उनले विश्व बैंकले निर्माण गर्दै गरेको नयाँ साझेदारी रणनीतिको खाकाबारे समेत मन्त्री पुनलाई अवगत गराए ।

साथै उनले आगामी जुनमा काठमाण्डौंमा हुने विश्व बैकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडीए) २१ सम्बन्धी बैठकको तयारीबारे मन्त्री पुनलाई जानकारी दिएका थिए। आइडीएले विकासोन्मुख मुलुकका लागि वित्तिय सहायता, सहुलियतपूर्ण ऋण र अनुदान प्रदान गर्दै आएको छ।

मन्त्री पुनले विश्व बैंकको लगानीमा निर्माण हुने भनिएको महत्त्वाकाङ्क्षी माथिल्लो अरुण जलविद्युत आयोजना, प्रदेश तथा स्थानीय सडक, डिजिटल नेपालसम्बन्धी आयोजनाको काम अगाडि बढाइने बताएका छन्।

यो समाचार शेयर गर्नुहोस्
370SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?